माधव नेपालको निर्देशनमा मलेसियामा राजदूत पौडेलको ‘दलाली’, फिर्ता बोलाएर कारबाही गर्न माग
काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले ‘दलाल’को काम गरेर सिण्डिकेट लागू गर्न खोजेपछि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले विरोध गरेको छ ।
एसोसिएसनका अध्यक्ष कुमुद खनालले विज्ञप्ति जारी गरेर मलेसियामा कामदार पठाउने विषयमा कुनै पनि प्रकारणको सिण्डिकेट मान्य नहुने चेतावनी दिएका छन् । उनले राजनीतिक पहुँचका आधारमा मलेसियामा कामदार पठाउन आफू निकटको मेनपावर कम्पनीलाई अधिकार दिएर सिण्डिकेट लागू गर्न खोजिएको भन्दै विरोध जनाएका छन् । मलेसियामा ६ लाखभन्दा धेरै श्रमिकहरू रहेका छन् । ती सबै श्रम गर्दै आएका छन् ।
खनालले भने, ‘मलेशियास्थित नेपाली दूतावास र महामहिम राजदूतज्यूको विषयमा विभिन्न संचारमाध्यम आएका समाचारप्रति नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘मलेसिया दूतावासबाट हुने मागपत्र प्रमाणीकरण ढिला/सुस्ती र श्रमिकहरू अप्ठ्यारो परेको विषयमा महामहिम राजदूतज्यू र राजदूतावासप्रति प्रश्न उठ्नु गम्भीर विषय हो ।’
नेपालमा मलेसियाको कम्पनी खडा गरि अनिवार्य तालिम लिएर मात्रै मलेशिया जान पाउने गरि नेपाली दूतावासले मलेसियाको गृह मन्त्रालयलाई प्रस्ताव गरेको भन्ने विषय गम्भीर र कुटनैतिक मर्यादा विपरित ठहर्छ’, अध्यक्ष खनालले भने ।
उनले भने, ‘मलेसिया कामदार पठाउन नेपालका सीमित व्यावसायीहरूबाट मात्रै कामदार लिन मलेसियाको गृह मन्त्रालयलाई लबिङ गरेको भन्ने संचारमाध्यम आएकाले यस बिषयमा दूतावासले प्रष्ट पार्न यस लोकतान्त्रिक एसोसिएसन जोडदार माग गर्दछ ।’
‘जुनसुकै प्रकारका नाममा खडा गरिने एकाधिकारको लोकतान्त्रिक एसोसिएसनले बिरोध गर्ने र यस्ता खाले सिन्डिकेटबिरुद्ध कडा प्रतिवाद गर्ने यसै विज्ञप्तिबाट जानकारी गराउँदछौंं’, खनालले भनेका छन् ।
‘लोकतान्त्रिक एसोसिएसन खुल्ला, पारदर्शी र प्रतिष्पर्धात्मक व्यवसायमा विश्वस गर्ने भएको हुदाँ नेपाल सरकारबाट इजाजतपत्रवाला सम्पूर्ण व्यवसायीहरूले स्वच्छ पूर्ण प्रतिस्पर्धाको माध्यमबाट व्यवसाय गर्न पाउनुपर्ने मान्यता राख्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
खनालले भने, ‘सीमित व्यक्ति, संस्था र व्यक्तिगत फाइदा लिन एकाधिकार लागू गर्न खोज्ने जोसुकैबिरुद्ध कडा प्रतिकार गर्ने र त्यस्ता यस्तो काम गर्ने मलेसियास्थित नेपाली राजदूतावासमा कार्यरत राजदूत त्यो काममा राजदूतलाई सहयोग गर्ने दूतावासका कर्मचारीहरूलाई तत्काल नेपाल फिर्ता गरी कानूनी कार्वाही गर्ने समेत नेपाल सरकार समक्ष जोड्दार माग गर्दछौं ।’
‘गैरकानूनी कार्यमा संग्लन व्यक्ति, संस्थालाई कानूनी कारवाही गर्न नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाल सरकार, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, सम्पूर्ण घटक संस्थाहरू साथै यससंग सम्वन्धित सवै निकायमा जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
केही दिन अगाडि राजदूत पौडेलले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई बोलाएर मलेसियामा भव्य स्वागत गरेका थिए । अध्यक्ष नेपालको निर्देशनमा राजदूत पौडेलले आफू निकटको मेनपावर कम्पनीलाई सेटिङमा कामदारको अनुमति लैजान भित्रभित्रै लागेको आरोप छ ।
वैदेशिक रोजगार व्यवसायी वाईबी राईले पनि मलेसियामा सिण्डिकेट लागू गर्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालमार्फत दवाव दिँदै आएको आरोप छ । मलेसियामा कामदार पठाउने कार्यमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सिण्डिकेट गरेर एउटा मात्रै व्यवसायीलाई अधिकार दिन खोजेको आरोप छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया