प्रचण्डले उथलपुथल ल्याइदिए, पावरफुल घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका अरू फाइल पनि खुल्ने चेतावनी दिएका छन् ।

आइतबार समाजवादी मोर्चानिकट विद्यार्थी संगठनहरूले राजधानीमा आइतबार गरेको कार्यक्रममा दाहालले भ्रष्टाचारका फाइलहरू खुल्दै जाने अभिव्यक्ति दिएर भ्रष्टाचारीहरूको सातो लिएका छन् ।

पछिल्लो समय सत्तामा सबैभन्दा धेरै एमाले बसेको छ । माओवादीका नेताहरू पनि भ्रष्टाचार काण्डमा पर्ने पक्का छ । कांग्रेसका केही नेताहरूले अहिले पनि दु:ख पाइरहेका छन् ।

भ्रष्टाचारविरोधी लडाइँ सुरु गरेपछि सत्तारूढ गठबन्धनमा फाटो ल्याउने प्रयास भएको दाहालले बताएका छन् । उनले समाजवादी मोर्चाभित्र पनि भ्रम र आशंका पैदा गराउने खेल भइरहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले त्यस्ता षड्यन्त्रलाई परास्त गर्दै अगाडि बढ्ने बताएका छन् । ग्राउन्डमा समर्थन प्राप्त नभई एक्लै प्रधानमन्त्री वा सरकारले जित्न नसक्ने बताएका छन् ।

Published : Monday, 2023 July 31, 9:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया