सभापति लामिछानेका आलोचकहरूको समूह तयार, डा.वाग्लेले के गरिरहेका छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र सभापति रवि लामिछानेको बिकल्प तयार हुन थालेको छ ।

नेपाली कांग्रेस छाडेर रास्वपा छिरेका डा.स्वर्णिम वाग्लेले सभापति लामिछानेलाई चुनौति दिन थालेका छन् । डा.वाग्लेले एउटा अन्तर्वार्तामा रास्वपाको नेतृत्व लिन आफू तयार रहेको बताएका छन् ।

डा.वाग्लेको त्यो अभिव्यक्तिपछि रास्वपाभित्र बबण्डर भएको छ । सभापति लामिछानेले शनिबार काठमाडौंमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रास्वपाभित्र विवाद रहेको छनक दिएका छन् ।

तनहुँबाट उप–निर्वाचनमा निर्वाचित भएका डा.वाग्लेले आफूलाई निकै उच्च तहको नेता र अर्थविद् मान्छन् । डा.वाग्ले भन्दा राम्रा व्यक्तिहरू रास्वपाभित्र छन् । अर्थविज्ञहरू पनि छन् । डा.वाग्लेले आफूलाई सबै कुराको जान्ने र सुन्ने ठानेपछि रास्वपाभित्र केही असन्तुष्टिहरू भइरहेका छन् ।

सांसद डा.वाग्लेले सांसद र पार्टीका नेताहरूसँग निरन्तर गोप्य भेटघाट गर्नेदेखि आफ्नो पक्षमा माहोल बनाएको चर्चा छ । सभापति लामिछानेसँग असन्तुष्ट समूह र नेताहरूलाई डा.वाग्लेले समेटेर गुट बनाएको चर्चा छ ।

Published : Sunday, 2023 July 30, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया