राष्ट्रपति पौडेलको संस्कार, सर्वसाधारण पनि खुसी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ललितपुरस्थित पाटनको कृष्ण मन्दिरको दर्शन गरेका छन् ।
उनले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्राहालयको अवलोकन गरेका छन् ।
साधारण तरिकाले राष्ट्रपति पौडेल कृष्ण मन्दिरको दर्शन गर्न गएका हुन् । त्यस क्रममा वर्षात भएको थियो । वर्षातबाट बच्नका लागि राष्ट्रपति पौडेलले आफै छाता बोकेका थिए । सुरक्षाकर्मीले छाता ओढाउन खोजेका थिए । तर, पौडेलले सुरक्षाकर्मीसँग आफै छाता मागेर ओढेका छन् ।
राष्ट्रपति पौडेलले बोकेको छातामा नगरप्रमुख चिरीबाबु महर्जनलाई पनि देख्न सकिन्छ ।
राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका नगरप्रमुख महर्जनले स्वागत गरेका छन् ।
पाटन संग्राहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रको जानकारी गराएका छन् ।




बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया