प्रहरीको फरार सूचीमा रहेकी फेसियल हाउसकी सुष्मा कहाँ छिन् ?
काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावरको ‘फेसियल हाउस’ प्रकरणमा फरार रहेकी अरोपित ४५ वर्षीया सुष्मा महरालाई प्रहरीले खोजी कार्यतिब्र बनाएका बेला काठमाडौंको मुटु भृकुटीमण्डपमा देखापरेकी छिन् ।
सोमबार दलबलसहित सुष्मा रिपोर्टर्स क्लवको कार्यालयमा देखिएकी हुन् । व्यूटीपार्लर व्यवसायीहरुलाई जम्मा पारेर सुष्माले भनको पीडित महिला र आफूविरुद्ध समाचार लेख्ने पत्रकारहरुमाथि भडास पोखेकी छिन् । सुष्मासँगै रहेका व्यवसायीहरुले बचाउ गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरुले पीडित महिलाविरुद्ध नानाभाँती अभिव्यक्ति दिएर कानूनको धज्जी उडाएका छन् ।
महानगरीय प्रहरी वृत्त गौशालाले सुष्मालाई पक्राउ गर्न निरन्तर प्रहरी परिचालन गरेर खोजी गरिरहेका बेला सुष्मा भृकुटीमण्डपमा देखिएकी हुन् ।
गौशाला प्रहरीका प्रमुख (डीएसपी) सन्दीपबाबु खड्काले सोमबार दिउँसोसम्म सुष्मा महरालाई पक्राउ गर्न नसकिएको बताएका छन् । उनले प्रहरी परिचालन भएको र अहिलेसम्म फेला पार्न नसकिएको बताए ।
सुष्माले प्रहरीलाई चक्मा दिएर विगत एक हप्तादेखि लुकेर बसेकी छिन् । सुष्माले आफ्नोबारेमा समाचार लेख्ने सञ्चारमाध्यम र पत्रकारलाई निरन्तर धम्की दिइरहेकी छिन् ।
केएल टावरको फेसियल हाउसमा एक जना सरकारी महिला अधिकृत कर्मचारीले सेवा लिन गएका बेला कपडा चेञ्ज गर्ने रुममा सीसीटीभी देखेपछि गौशाला प्रहरीमा निवेदन दिएकी थिइन् । त्यसपछि ती पीडित महिलालाई गौशालामा भएको छलफल र मिलापत्रमा चित्त नबुझेपछि माथिल्लो निकायमा न्यायका लागि गएकी थिइन् ।
पीडितको जाहेरीपछि अनुमति लिएर गौशाला प्रहरीले साउन २ गते पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएपछि सुष्मा फरार छिन् । पक्राउ पर्नबाट बच्नका लागि विभिन्न गतिविधिहरु गरिरहेकी छिन् । फरार रहेकी सुष्माले रिपब्लिका दैनिकलाई रकम माग गरेको भनेर आक्षेप लगाएकी छिन् ।
सेवाग्राही महिला र युवातीहरुले कपडा चेञ्ज गर्ने रुमा सीसीटीभी क्यामरा राख्ने, पीडितले प्रहरीमा जाहेरी दिएपछि विभिन्न लाञ्छना लगाएर निच हर्कत र गतिविधिमा उत्रिने गरेकी सुष्मालाई प्रहरीले पानीमुनि गएपनि छाड्ने पक्षमा छैन ।
सुष्माले गरेका गलत हर्कतको सीमा नाघेपछि पापधुरीबाट कराएको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी आएका छन् ।
सुष्माले सोमबारको पत्रकारसम्मेलनमा साउन २७ गते केएल टावरमा रहेको फेसियल हाउसमा घटना भएको स्वीकार गरेकी छिन् ।
सुष्माले आफ्नो फेसियल हाउसको पेजमा आइतबार मध्यराति राखेको एउटा पत्रमा लेखिएको छ, ‘रिपब्लिका दैनिकका सम्पादकले पटक पटक फोन गरी डरधाक धम्की देखाइ निजले भने बमोजिम रकम नदिएमा निजले मेरो चरित्र हत्या गर्ने गरी विभिन्न झुठा समाचारहरु प्रकाशन गरी मलाई बदनाम गरिदिने डरधाक धम्की दिँदै आएको’ भनेर निच आक्षेप लगाएकी छिन् । पछि त्यो पत्र सुष्माले केही समयपछि हटाएकी छिन् । सुष्माको लगानी रहेको अनलाइनले त्यो पत्रसहितको समाचार छापेको छ ।
हाइलेबलका महिला र सेवाग्राहीको नग्न भिडियो बनाएको आरोप खेपेर पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी सुष्माले रिपब्लिका दैनिकलाई लगाएको पुष्टि गर्नुपर्नेछ । अन्यथा सुष्माले कानूनअनुसार सजाय पाउने पक्का छ ।
पत्रकार र सञ्चारमाध्यमको काम भनेको प्रमाणसहित वा प्रहरीले पुष्टि गरेको समाचार लेख्ने हो । सुष्मा काठमाडौं उद्योग वाणिज्य संघकी कोषाध्यक्ष पनि हुने । सार्वजनिक पदमा बसेर सुष्माले निच हर्कत गर्न सुहाउँदैन । सुष्माले गल्ती गरेकी छैनिन् भने प्रहरीमा आत्मसमर्पण गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने सुझाव कानून व्यवसायीहरुको छ । अपराध गरेको आरोप लागेपछि त्यसबाट सफाइ पाउन प्रहरीलाई अनुसन्धानमा सहयोग गर्नुपर्ने हरेक नागरिकको कर्तव्य र दायित्व हो । मिडियाबाजी गर्ने, आफ्नो विरुद्ध समाचार आउनेवित्तिकै रकम माग गरेको थियो नदिएपछि समाचार लेख्यो भन्ने, सेवाग्राही महिलाको सीसीटीभीमा भिडियो बनाउने, उजुरी परेपछि सेवा लिएको पैसा दिन अस्वीकार गरेर उजुरी दिएको भन्ने जस्ता कुतर्क गर्ने कार्य संघको कोषाध्यक्ष जस्तो व्यक्तिलाई सुहाउँदैन ।
फरार रहेकी सुष्माले आफूविरुद्धका प्रमाण नष्ट गर्ने सम्भावना निकै छ । फरार रहेकी सुष्मालाई बचाउन सहयोग गरिरहेका मतियारलाई पनि प्रहरीले निगरानीमा राखेको जनाएको छ । अनुसन्धान र छानविनका क्रममा निर्दोष भइन् भने सुष्माले सफाइ पाउनेछिन् । दोषी भइन् भने सजायको भागिदार बन्ने पक्का छ । सुष्मा र उनलाई साथ दिने समूहले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्नु नै सचेत नागरिकको दायित्व हो ।
सुष्माको बचाउमा मंगलबार बिहान ११ बजे केही व्यूटीसियनहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध तथा धर्ना कार्यक्रम राख्ने जनाएका छन् । प्रहरीले सुष्मालाई माइतीघरबाटै पक्राउ गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया