शेखर कोइरालाद्वारा महामन्त्री थापालाई साथ दिएनन्, प्रतिवेदनको चर्को विरोध

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महामन्त्री गगनकुमार थापाको प्रतिवेदनको आलोचना गरेका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा नेता डा.कोइरालाले महामन्त्री थापाको प्रतिवेदनले कांग्रेसलाई क्याडर बेस (कम्युनिस्टको जस्तो कार्यकर्ता) पार्टी बनाउन खोजेको आरोप लगाए । उनले कांग्रेस मासबेस पार्टी भएको बताएका छन् ।

नेता डा.कोइरालाले महामन्त्री थापाले आफ्नो कार्यपत्रमा प्रदेश कार्यसमितिहरुलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उनले महामन्त्री थापालाई कांग्रेसको धरातल नभुल्न सुझाव दिएका छन् ।

महामन्त्री थापाले कम्युनिस्ट र एनजिओले जस्तो कार्यक्रम राखेर प्रतिवेदन ल्याएको आलोचना भइरहेका बेला नेता डा.कोइरालाले पनि आलोचना गरेका छन् ।

नेता डा.कोइरालाको समूहबाट महामन्त्री पदमा उम्मेदवार बनेर जित हातपारेका थापालाई केन्द्रीय कार्यसमितिको बैठकमा साथ मिलेको छैन । थापाले धेरै नेता र गुट फेरेका छन् । कांग्रेसमा गुट फेरेर धेरै अवसर लिने अवसरवादी नेताका रुपमा महामन्त्री थापा परिचित छन् ।

शुरुमा सुजाता कोइरालामार्फत नेविसंघको महामन्त्री बनेका थापा नेता रामचन्द्र पौडेलमार्फत समानुपातिक सांसद बनेका थिए । कृष्णप्रसाद सिटौलाको गुटबाट सांसदको टिकट र मन्त्री बने । डा.शेखर कोइरालको समूहबाट महामन्त्री उम्मेदवार बनेका थिए उनी । जसको समूहबाट उम्मेदवार वा अवसर लिएका थिए थापाले त्यही समूहलाई लात हानेर हिँडेका छन् ।

Published : Monday, 2023 July 24, 12:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया