कांग्रेस बैठकमा ससुराद्वारा ज्वाइँको प्रशंसा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले महामन्त्री गगनकुमार थापाको प्रतिवेदनको बचाउ गरेका छन् ।
आइबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा केसीले महामन्त्री थापाको बचाउ गरेका हुन् । महामन्त्री थापाको प्रतिवेदन एनजिओको वार्षिक कार्यक्रम जस्तो भनेर अधिकांश केन्द्रीय सदस्यहरुले आलोचना गरिरहेका बेला केसीले बचाउ गरेका छन् ।
नेता केसी महामन्त्री थापाका ससुरा हुन् । नेता केसीले महामन्त्री थापाको प्रतिवेदनलाई कांग्रेसले हीरक वर्ष अर्थात हीरक जयन्तीका रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
वीपी कोइरालालाई फाँसी दिनुपर्छ भनेर तत्कालीन राजा महेन्द्र शाह समक्ष विन्ती पत्र हालेका नेता केसीले अहिले आएर लोकतन्त्र र आदर्शका निकै चर्का कुरा गर्ने गरेका छन् ।
महामन्त्री थापा अर्थात ज्वाइँको निकै प्रशंसा गरेका नेता केसीले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । उनले आफूले सभापति देउवालाई नमान्ने चेतावनी दिएका छन् । उनले सभापति देउवा पार्टीका लागि सबै कुरा नरहेको भन्दै फ्रान्सको इतिहाँस सुनाउने प्रयास गरेका थिए ।
महामन्त्री थापा समूहले कांग्रेसभित्र निकै उत्पात मच्चाइरहेको छ । यो समूहले बैठकमा विभिन्न खालका हर्कत गरिरहेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया