डा.आरजु राणाले देखाइन् राजनीतिक संस्कार, आलोचकहरू पनि दङ्ग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य डा.आरजु राणाले केन्द्रीय कार्यसमितिको बैठकमा राजनीतिक संस्कार देखाएकी छिन् ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा नेतृ डा.राणाले राजनीतिक रुपमा महामन्त्री गगनकुमार थापाको प्रतिवेदनमा टिप्पणी गरेकी हुन् । उनले प्रतिवेदनमा रचनात्मक सुझावहरू दिएकी छिन् ।

महामन्त्री थापाले केन्द्रीय सदस्य डा.राणाबाट निकै कठोर र कटु आलोचनाको अपेक्षा गरेका बेला रचनात्मक सुझाव आएपछि दङ्ग परेका छन् । प्रतिनिधि सभाकी सांसद समेत रहेकी नेतृ डा.राणाले आफूलाई राजनीतिक नेताका रुपमा केन्द्रीय कार्यसमिति बैठकमा उभ्याएकी छिन् ।

आफ्नोबारेमा केन्द्रीय कार्यसमितिको बैठक र विभिन्न मिडियाहरूमा जथाभावी बोलेर चरित्र हत्या गर्ने उरन्ठेउले केन्द्रीय सदस्य र पदाधिकारीका बारेमा एकशब्द बालेकी छैनिन् । उनले व्यक्तिगत आलोचनाभन्दा पनि राजनीतिक संस्कारबाट अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिएकी छिन् ।

नेतृ डा.राणाले कांग्रेसलाई बलियो बनाउन एकता र सार्वजनिक ठाउँमा आलोचना गर्ने पद्धतिको अन्त्य गर्नुपर्ने सुझाव दिएकी छिन् । उनले महिला र दलितहरूका लागि मात्रै निर्वाचन क्षेत्र बनाउनुपर्ने र त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने सुझाव दिएकी छिन् ।

उनले भनेकी छिन्, ‘नेपाली कांंग्रेस भनेको एजेण्डा स्थापित गर्ने पार्टी हो । भावी कार्यक्रम कस्तो हुने ? भावी अर्थतन्त्र कस्तो हुने ? यहाँको समाज कस्तो हुने भन्ने ? महामन्त्रीको प्रतिवेदनमा अलिकति दुरगामी देशलाई हाँक्न सक्ने कुरा मैले देखिन । म अचम्मित भएँ । महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज जस्तो हुन्छ भन्ने रुपमा लिएको थिएँ ।’

‘राजनीतिक दस्तावेज भन्दा पनि एउटा एनजिओको कार्यक्रम जस्तो लाग्यो । धेरै कार्यक्रम गर्ने । कार्यक्रमको उपलब्धि के हो त ? त्यो क्लियर भएन । मलाई के सुझाव दिन मन लागेको छभने तीन/चार वटा कार्यक्रम गरौँ’, उनले भनेकी छिन्, ‘ठोस कार्यक्रम गरौँ र त्यसको उपलब्धि के हो ? दुई तीन वटा डिरेक्सनमा हाम्रो पार्टी जानुपर्छ जस्तो लाग्छ । एउटा चाहिँ सुशासन । सुशासनको लागि हामी कति प्रिपेयर छौँ ?’

उनले भनेकी छिन्, ‘म श्रद्धेय प्रधानमन्त्री शेरबहादुर देउवाजीको धर्मपत्नी ४/५ चोटी उहाँ सँगसँगै के हुन्छ ? भनेर हेर्न पाइयो ।’ ‘हाम्रो मन्त्रीज्यूहरू प्रिपेयर नै हुनुहुन्न । मन्त्री भएर जानु हुन्छ । सिक्दा सिक्दै मन्त्रालय पनि गइसक्छ । उहाँहरूले बुझेकै हुँदैन । सबै गइसक्छ’, नेतृ डा.राणाले भनेकी छिन् ।

‘हामीले पार्टीभित्र हरेक हरेक मन्त्रालयको के हो ? भनेर बुझ्न पर्छ । मेकानिजम के हो ? के गर्न खोजेको छ ? त्यसको लिङ्क हाम्रो घोषणा पत्रसँग कहाँ छ त ? हामीले घोषणा पत्र खाली त्यो चुनावको लागि मात्रै हो र ? घोषणा पत्रसँग सरकारलाई लिङ्क गर्न जान्नु पर्‍यो’, उनले भनेकी छिन् ।

‘सरकारको नीतिहरू र नियम, कानूनहरू बनाउँदाखेरी हामी सांसद भए पनि, मन्त्री भए पनि कहाँ छ त मेल खाने ? त्यसलाई इँगित गरेर हाम्रो पार्टीले प्रोग्राम बनाउनुपर्छ जस्तो मलाई लाग्छ । अनि मात्रै हाम्रो भोट बैंक बढ्छ’, उनले भनिन् ।

‘हामी जान्छौँ फिल्डमा एउटा कुरा भन्छौँ । अर्कै कुरा कुरा गरेर जान्छौँ अनि भोट आउँदैन’, डा.राणाले भनेकी छिन् ।

उनले भनिन्, ‘संगठनको विस्तारमा दुइटा कुरा मात्रै गर्नुपर्छ । एउटा कुरा के हो भने ‘प्रशिक्षण, प्रशिक्षण, प्रशिक्षण’ । र, यो नम्बर बढाएर मात्रै केही हुँदैन । मलाई यस्तो जिल्लाहरू थाहा छ जहाँ चाहिँ वडाहरूमा भएका केन्द्रीय सदस्य भएको क्रियाशील सदस्यको संख्याभन्दा कम भोट आएको छ ।’

‘तपाईहरू सबैलाई थाहा छ होला सायद । त्यस्तो ह्वीम मात्रै बोकेर के काम ? क्रियाशील लिनुभन्दा पहिला अप्लिकेशन (निवेदन) लिनुपर्‍यो । अप्लिकेशन लिएर ओरियन्टेशन हुनुपर्‍यो’, उनले भनेकी छिन्, ‘नेपाली कांग्रेस भनेको के हो ? किन कांग्रेस बन्ने भनेर ? अनि मात्रै के-के सिकेको आधारमा मात्रै कमिटमेन्ट देखेपछि मात्रै हामीले क्रियाशीलता दिनुपर्छ । अरुले दियो भने हामीले त्यसमा किन दौडिने ?’

उनले भनेकी छिन्, ‘अरु भरखर बनेका पार्टीहरू हो । हाम्रो प्रिन्सपल के हो ? नीति के हो ? हामी के गरेका छौँ भनेर जनताले प्रत्यक्ष देखेको पार्टी हो । जेन्यून काम हुनुपर्‍यो । आफ्नै पार्टीलाई ओपनमा क्रिटिसाइज गर्न छोड्नु पर्‍यो । राजनीति भनेको असहज स्थिति हो ।’

‘हाम्रो पार्टीको काम के हो ? हामी राजनीतिमा आएर असहज स्थिति हुन्छ भने डराएर बस्नेहरू मैदान छोडेर जानुपर्‍यो’, नेतृ डा.राणाले भनेकी छिन्, ‘जो म गर्छु भनेर आएको छ उसले ‘वी अग्री टू डिस अग्री’ यो राजनीतिमा लागेर एउटा प्रिन्सपलको पछाडि जाने हो भने अनि मात्रै हाम्रो राजनीति राम्रो हुन्छ । हाम्रो भोट हामी आफैले काटिरहेका छौँ । अरु कसैले हामीलाई हराउन सक्दैन ।’

उनले भनेकी छिन्, ‘हाम्रो देशमा ज्वलन्त कुराहरू छन् । इलेक्सन कमिशनले ३० प्रतिशत महिला उठाउनै पर्छ भनेको छ । हाम्रो पार्टीको काम के हो ? पछि टर्च बालेर खोज्ने हो कि ? अहिले नै महिलाका लागि कन्स्च्युसी (निर्वाचन क्षेत्र) बनाउन लागिपर्ने हो ? हामीले पनि पहिला पनि लविङ गरेको हो ।’

‘आवाज उठ्यो कि समानुपातिकमा आयो काम लाग्दैन । हामी कामै लाग्दै नौ होला नि महिला ! हामीलाई लडाउनुस् न त ! महिला/महिलाबीच प्रतिस्पर्धा गर्न एकतिहाई सिटहरू बनाऔँ हामीहरू’, उनले भनेकी छिन्, ‘त्यसको लागि एक्सरसाइज गरौँ हामीहरू । हामीले भनेपछि अरु पार्टीहरू पनि लाइनमा आउँछन् ।’

उनले भनेकी छिन्, ‘दलितहरूको लागि पनि आरक्षित कन्स्च्युसी (निर्वाचन क्षेत्र)हरू बनाउनुपर्‍यो रोटेशन बेसमा । उहाँहरू पनि जहिले पनि समानुपातिकमा आउने । समानुपातिकमा एकचोटीभन्दा धेरै नराख्ने राम्रो कुरा हो ।’

‘हामीले खोज्दा खोज्दा एकदमै जुनियर जुनियर मान्छे आइदिने । मर्न खोजेको मान्छेलाई हामीले राजनीतिमा ल्याएर के हुन्छ ? चान्स दिनुपर्छ तर, एज (उमेर)मा मात्रै होइन । समर्पण र आइडियावापत’, उनले भनेकी छिन् ।

‘हामीले दुई तीन वटा च्यालेन्ज हेर्नुपर्नेछ । गभर्नेन्सको च्यालेन्ज कसरी हेर्ने ? गभर्नेन्स कसरी चलेको छ ? हामी कसलाई थाहा छ ? यसको लागि प्रशिक्षण गरौँ न’, उनले भनेकी छिन्, ‘कति छन् हामीसँग आबद्ध पूर्वकर्मचारीहरू । हामीले सिक्दै सिक्दैनौँ राजनीति गर्ने गभर्मेन्ट चलाउने भनेर इलेक्सन जितेर आउँछ गभर्मेन्ट चलाउँदा फेल खान्छ ।’

उनले भनिन्, ‘किन भने हामीलाई थाहा नै छैन । बरु त्यतातिर पार्टीलाई डोर्‍याउँन ! हाउ टू लर्न गभर्मेन्ट ? सरकार र पार्टीबीचको संमन्त्र जहिले पनि खाल भयो भन्ने कुरालाई म कहाँ लगेर टुङ्ग्याउन चाहन्छु भने पार्टीको घोषणा पत्र र प्रदेशको बनावट र केन्द्रीय समितिको पनि कुन चाहिँ समिति हो ?’

‘हामीले एक्सरसाइज गरौँ । इन्टरनेट, सोसल मिडियाले के इम्प्याक्ट गरेको छ ? हाम्रो सोसाइटीमा त्यसमा पनि हामीले धारणा बनाएर अगाडि बढ्ने हो । किन भने हामीले हो त्यसलाई हस्तक्षेप गर्ने’, उनले भनेकी छिन् ।

‘ड्यास्पोरामा हरके नेपाल बाहिर गइरहेका छन् । किन गइरहेका छन् ? खाली संसदमा कुरा उठ्छ । सबैका छोराछोरी गए ? के वातावरण बनाएपछि यहाँ बस्छन् ? दुई तीन वटा मूल कुराहरूलाई नेपाली कांग्रेसले लिडरसीप लिएर रणनीति बनाउनुपर्छ’, उनले भनेकी छिन् ।

‘परराष्ट्र नीति उही ठाउँमा छ कि यता उता भएको छ ? हामीले एउटा असाइमेन्ट गर्नुपर्‍यो नि त ! हामी सिरियस हुनुपर्‍यो’, उनले भनिन्, ‘हाम्रो देशलाई नवलाइनमा कसरी राख्ने ? वर्ल्ड वार पोलराइज भएको बेलामा हामी बचेर कसरी बस्ने ? यो कुराहरूमा पार्टी एउटा डिरेक्सन लिनुपर्छ ।’

Published : Friday, 2023 July 21, 3:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया