केन्द्रीय पदाधिकारी र सदस्यहरूले पनि अनुशासन मान्नुपर्छ : सभापति बलायर

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई पनि अनुाशसन लाग्नुपर्ने बताएका छन् ।

बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै बलायरले नेतृत्वबाट अनुशासनहीत कार्य भएमा पार्टीलाई नोक्सानी हुने बताए । उनले अनुशासन भनेको पार्टीका कार्यकर्तालाई मात्रै लाग्ने तर, नेताहरूलाई नलाग्ने भन्ने कुराप्रति असहमति प्रकट गरेका छन् । उनले पदाधिकार र केन्द्रीय सदस्यहरूले जे पायो त्यही बोल्न नमिल्ने बताए ।

सभापति बलायरले सरकारमा सहभागी भएका मन्त्रीहरूको काम कारबाहीका बारेमा पनि असन्तुष्टि पोखेका छन् । उनले मन्त्रीहरूले गतिलो काम गर्न नसकेको बताए ।

Published : Wednesday, 2023 July 19, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया