प्रहरी हेडक्वाटरद्वारा काठमाडौंका प्रहरी प्रमुख कार्कीको उचित मूल्यांकन, तेसो नम्बरमा पाए नगद पुरस्कार
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दानबहादुर कार्कीलाई कुशलतापूर्वक प्रशासनिकरुपमा कार्यसम्पादन गरेको भन्दै नगद २ हजार ४ सय रुपियाँको पुरस्कार दिएको छ ।
काठमाडौं जिल्लाको नेतृत्व सफलताका साथ गरेको भन्दै प्रहरी प्रधान कार्यालयले एसएसपी कार्कीलाई २ हजार ४ सय रुपियाँको नगद पुरस्कार प्रदान गरेको हो । एसएसपी कार्कीले पाएको नगद पुरस्कारको अभिलेख जनाइदिन भन्दै प्रहरी हेडक्वाटरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्राल, राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौर, काठमाडौंलाई पत्र लेखेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका साथै काठमाडौं जिल्लाभित्रको शान्ति सुरक्षा मजबुत बनाउन भूमिका खेलेको मूल्यांकनसहित प्रहरी प्रधान कार्यालयले एसएसपी कार्कीलाई पुरस्कृत गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एसएसपी कार्कीले कुनै पनि प्रभाव र दवावमा नपरेर निष्पक्ष ढंगले आफ्नो कार्यसम्पादनलाई अगाडि बढाएका छन् । कार्कीले दोषीलाई कारबाही र निर्दोषलाई फसाउन नहुने भनेर मातहतलाई निर्देशन दिँदै आएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा केही समूह र तत्वले उच्च राजनीतिक नेतृत्वलाई बदनाम गराउने प्रयासहरू गरेको थियो । ती प्रयासहरूबाट एसएसपी कार्की बिचलित र प्रभावमा नपरेर आफ्नो अनुसन्धानको काम अगाडि बढाएका थिए ।
‘विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरि निर्दिष्ट जिम्मेवारी अनुशासित ढंगले लगनशील, ईमान्दार, व्यवसायिक एवम् कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिकरुपमा कार्यसम्पादन गर्दै आइरहेका नेपाल प्रहरी प्रधान कार्यालय तथा मातहतका निजलाई प्रहरीलाई पुरस्कृति गरिँदा प्रहरी कर्मचारीहरू समेतमा सकारात्मक प्रभाव पर्ने हुँदा निजलाई प्रहरी नियमावली २०१७ (संशोधनसहित) परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरि पुरस्कृत गर्ने २०८०/०४/०१ गतेको प्रहरी महानिरीक्षकज्यूबाट निर्णय भएको हुँदा निजको अभिलेखमा आवश्यक व्यहोरा जनाइदिनु हुन टिप्पणी आदेश पर्चा १/१ यसै साथ संलग्न राखी पठाइएको छ’, पत्रमा भनिएको छ ।
एसएसपी कार्कीले कसैको दवावमा नपरेर निष्पक्ष ढंगले जिल्ला प्रहरी परिसर काठमाडौंमा काम गरेको उचित मूल्यांकन प्रहरी हेडक्वाटरले गरेको छ । कुनै पनि मुद्दामा एसएसपी कार्कीले पूर्वाग्रह नराखेकै कारण पुरस्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालयले एआईजी मीरा चौधरी र डीआईजी बुद्धिराज गुरुङलाई पनि पुरस्कृत गरेको छ । एआईजी चौधरीले २ हजार ५ सय र डीआईजी गुरुङले २ हजार ४ सय नगद पुरस्कार पाएका छन् । पुरस्कार पाउनेमा एआईजी चौधरी पहिलो र डीर्आइजी गुरुङ दोस्रो नम्बरमा छन् ।
तेस्रो नम्बरमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुख (एसएसपी) कार्कीले पुरस्कार पाएका छन् । पुरस्कार पाउनेहरूमा एसएसपी मनोजकुमार केसी र दिनेशकुमार आचार्य पनि छन् । एसएसपी केसी चौथो र अर्का एसएसपी आचार्य पाँचौँ नम्बरमा नगद पुरस्कार पाएका छन् ।
एसपीहरू दिलिप घिमिरे, नरेशराज सुवेदी, रामेश्वर कार्की, देवेन्द्रबहादुर पाल,, सन्तोष खड्काले पनि नगद पुरस्कार पाएका छन् ।
डीएसपीहरू अञ्जना श्रेष्ठ, जयश्वर रिमाल, प्रदीन ताम्राकारले पनि नगद पुरस्कार पाएका छन् ।
नगर पुरस्कार पाउनेहरूमा प्रहरी निरीक्षकहरू कृष्णबहादुर कुँवर, प्रहरी नायब निरीक्षक दीव्यराज मोक्तान, प्रहरी सहायक निरीक्षक रोशनआंगा श्रेष्ठ पनि रहेका छन् ।
प्रहरी वरिष्ठ हवल्दार सरोज गिरी अथित, प्रहरी सहायक हवल्दार मनीष लामा, प्रहरी सहायक हवल्दार विकास बिक, प्रहरी सहायक हवल्दार सुशीला लामा, प्रहरी सहायक हवल्दार दीपकसिंह खत्री, प्रहरी कार्यालय सहयोगी पुरुषोत्तम नेपाल, प्रहरी कार्यालय सहयोगी धिरेन्द्रकुमार मण्डल र प्रहरी कार्यालय सहयोगी दीपक खड्का पनि रहेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया