सरकारलाई घुँडा टेकाउन निर्माण व्यवसायीहरूको राष्ट्रिय भेला, अनिवार्य उपस्थिति हुन निर्देशन
काठमाडौं । सरकारले लामो समयदेखि भुक्तानी नदिएर म्याद थप गरेपछि दवावको रणनीति बनाउ नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय भेला आह्वान गरेको छ ।
महासंघले सूचना जारी गरेर साउन ५ गते शुक्रबार बिहान ८ बजे काठमाडौंमा राष्ट्रिय भेला २०८० बोलाएको जनाएको छ । भेला स्काई दरबार बैंकेट, सिंहदरबार बग्गीखानामा हुनेछ ।
सरकारले असार २१ गते जारी गरेको राजपत्रमा म्याद थपको आदेश र निर्माण व्यवसायीहरूले लामो समयदेखि आयोजनाहरूको भुक्तानी नपाएको महासंघले जनाएको छ ।
सरकारको अन्यायपूर्ण निर्णयका विरुद्ध विरोध स्वरुप सम्बन्धित निकायहरूमा दवावमूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छलफलका लागि राष्ट्रिय भेला बोलाइएको महासचिव रोशन दाहालले बताएका छन् ।
भेलामा अनिवार्य उपस्थित हुन तोकिएका प्रतिनिधिहरूलाई निर्देशन दिइएको महासचिव दाहालले बताएका छन् ।
निर्माण व्यवसायीहरूले काम गरेको भुक्तानी लामो समयदेखि नपाएपछि महासंघले आन्दोलन गरिरहेको छ । तैपनि सरकारले भुक्तानी दिनुको साटो निर्माण व्यवसायीहरूलाई हैरान बनाएको छ ।
काम गरेको भुक्तानी नपाउँदा धेरै निर्माण व्यवसायीहरू कालो सूचीमा पर्नेदेखि, सामग्री लिएको ठाउँ र मजदुरहरूबाट दवावमा परेका छन् ।
बैंकको ऋण पनि तिर्न समयमा तिर्न सकिरहेका छैननन् । व्यक्ति वा संघ संस्थाबाट लिएको रकम पनि समयमा तिर्न नसक्दा निर्माण व्यवसायीहरू तनाबमा छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया