सभापति देउवाले बोलाए पदाधिकारी र शीर्ष नेताहरू

काठमाडौं । केन्द्रीय कार्यसमितिको बैठकको तयारी स्वरुप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

सभापति देउवाले धुम्बाराहीमा सोमबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाएका हुन् । कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारी बैठक सोमबार बस्ने तय भएको जनाएको छ ।

मंगलबारदेखि केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदैछ । केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् ।

कांग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि साउन २ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

नीति महाधिवेशन र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियानजस्ता विषयमा केन्द्रीय समितिमा छलफल हुनेछ ।

Published : Sunday, 2023 July 16, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया