सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन् ।
शुक्रबार एकदिने नेपाल भम्रणका लागि आज नेपाल आइपुगेका सहायक विदेशमन्त्री लुले सभापति देउवासँग उनकै निवासमा भेटवार्ता गरेका हुन् ।
सभापति देउवाले लुसँग नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल गरेको देउवाको सचिवालयले जनाएको छ ।
कांग्रेसका सभापति देउवाले नेपालको शान्ति, प्रजातन्त्र र विकास प्रवर्धनमा अमेरिकाको अटल सहयोग रहिआएकोमा आभार व्यक्त गरेका छन् ।
अमेरिकाका सहायक विदेशमन्त्री लुले परराष्ट्रमन्त्री एनपी साउदसँग पनिभेटवार्ता गरेका छन् ।


Published : Friday, 2023 July 14, 11:03 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया