बालुवाटारका मूलीलाई कारबाही गर्न कांग्रेस सांसद खतिवडाको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लम्किस्किन रोग नियन्त्रण गर्न माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै खतिवडाले लम्किस्किन रोग नियन्त्रणमा काम गर्न सरकारसँग माग गरे । उनले भने, ‘लम्किस्किन रोगले एउटा मात्र पार्टी, एउटा मात्र जात, एउटा धम, एउटा प्रदेश, एउटा पहाड, एउटा तराईलाई मात्रै छोएन सम्पूर्ण देशको भू–भागमा यसले छोएको छ ।’
खतिवडाले भने, ‘सयौँ बस्तुभाउहरू मरेका छन् । रोपाइको अवसर छ । रोपाइको बेलामा गोरु मरेर रोपाइ गर्न पाइएको छैन । झन् पहाडी एरियामा त एकहल गोरु पालेको हुन्छ । लम्किीस्किनले उठ्न नसक्ने भएका हुन्छन् । खेत बाँझौ भएर सम्पूर्ण जग्गा बाँझो बस्ने अवस्थामा छ ।’
‘यो बेला सरकारले कमसेकम त्यस्ता ठाउँहरूमा लम्किस्किन रोगको उपचारको तुरुन्त व्यवस्था गरोस्’, उनले भने, ‘आवश्यक प्रबन्ध मिलाओस् भन्न चाहन्छु ।’
सांसद खतिवडाले भने, ‘कतिपय ठाउँमा ट्याक्टर व्यवस्थापन गरेर धानखेतको लागि खान रोप्ने व्यवस्था गर्न माग गर्छु ।’
खतिवडाले भने, ‘ओखलढुंगा जिल्लामा २०८० असार ७ गते गएको पहिरोले विलन्दुभन्ने स्थानमा चार जनाको मृत्यु भएको थियो ।’
‘१५५ घर विस्थापित भएकोमा आजसम्म सरकार त्यहाँ पुग्न नसकेर खानेपानीको अभाव भएको छ’, उलने भने, ‘बिजुली बत्तीहरू छैनन् । बाटो बन्द भएको छ । गाउँलेहरू विस्थापित भएर बस्नु परेको छ । सरकार छिटो त्यो ठाउँमा पुगेर राहतको व्यवस्था गर्न अनुरोध गर्न चाहन्छु ।’
उनले भने, ‘ओखलढुंगाको पहिरे भन्ने खोलाले बाटो छेकेर बिरामीहरू अहिले उपचार गर्न आउन सक्ने अवस्था छैन ।’
‘टेण्डर गरेको एउटा पुल प्रदेश सरकारले पुल निर्माण नगरेर बजेट रकमान्तर गरेको बजेटलाई बिस्थापित गरिएको छ’, उनले भने, ‘पुल निर्माण गरेर छिटोभन्दा छिटो टेण्डर भएको पुललाई निर्माण गर्ने प्रक्रियामा अगाडि लगियोस् ।’
सांसद खतिवडाले भने, ‘ठाउँ ठाउँमा बाँदर आतंक भएर मकै बाली र बीउ, बिरुवा नोक्सानी भएको छ । बाँदर आतंक अन्त्य गर्न श्रीलंकाले बाँदर चाइनातिर लगेर बेच्यो । यो सरकारले पनि बाँदरलाई त्यस्तै गरेर केहीन केही व्यवस्थापन गरोस् ।’
सांसद खतिवडाले भने, ‘भारतको हिमाञ्चल प्रदेशमा बाढीपहिरोमा परेर रुकुमका तीन जना नेपालीहरूले मृत्युवरण गर्नुपरेको छ । सरकारले ध्यान दिएर तिनीहरूका परिवारजनलाई क्षतिपूर्तिको व्यवस्था गरोस् ।’
‘मृत्यु भएका तीन नेपालीको शव नेपाल ल्याउने व्यवस्था गरियोस्’, खतिवडाले भनेका छन् । उनले ललितानिवासको जग्गा प्रकरणका भेदभाव नगरी कारबाही गर्नुपर्ने बताएका छन् ।
‘बालुवाटार जग्गा प्रकरणमा व्यापारी र केही साना कर्मचारीहरूलाई मात्रै ध्यान दिएको देखिन्छ’, खतिवडाले भने, ‘त्यहाँका ठूला माछाहरूलाई पनि कारबाही गरेर व्यापारीहरूलाई मात्रै होइन, किन्नेलाई मात्र होइन, सरकारको राजश्व तिरेर किन्ने अनि तिनीहरूलाई कारबाही गर्ने, व्यवस्थापन गरेर जग्गा बिक्री गर्ने मूलीहरू को हुन् ? तिनीहरूलाई कारबाहीको व्यवस्था गरोस् ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया