एसपी लिम्बूले पाता कसेर सिपाही कुट्ने ईन्स्पेक्टरलाई बचाउन खोजे, छानविन समिति गठन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवानलाई पाताकसेर यातना दिएको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन शुरु गरेको छ ।

डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

घटना बाहिरिएलगत्तै बुधबार कार्यालयले टोली गठन गरी छानबिन थालेको छ । जति सक्दो चाँडो छानबिन गरी प्रतिवेदन बुझाउन टोलीलाई निर्देशन दिइएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिएको भिडियो बुधबार सार्वजनिक भएको थियो ।

पीडित प्रहरीका भाइ रजनिश रायले आफ्नो दाइले बढी ड्युटी गराएको विषयमा इन्सपेक्टर हेमन्त राईलाई गुनासो गर्न जाँदा मुखामुख भएपछि पाताकसेर १२ घण्टा यातना दिएको आरोप लगाएका छन् ।

सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बूले प्रहरी जवान रायले मादक पदार्थ सेवन गरी जथाभावी सर्वसाधारण र प्रहरी कर्मचारीलाई कुटपिट तथा दुर््व्यवहार गरेपछि नियन्त्रणमा लिइ सम्झाइएको दाबी गरेका छन् ।

सिरहा प्रहरीका एसपी लिम्बूले पाताकसेर कुटपिट गर्ने प्रहरी निरीक्षक राईको बचाउ गरेका छन् । एसपी लिम्बूले सिरहा जिल्लाको नेतृत्व लिएपछि गतिलो काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला प्रहरी जवानलाई नै पाताकसेर कुटेको घटना बाहिर आएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी बसन्तबहादुर कुँवरले सिरहाका प्रहरी प्रमुख (एसपी) लिम्बू र प्रहरी निरीक्षक राईलाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाउनुपर्ने थियो ।

Published : Wednesday, 2023 July 12, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया