प्रचण्ड र देउवाद्वारा बीचको बाटो प्रस्ताव, ओलीको मुडअफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको अबरोध खुलाउने प्रयास स्वरुप नेपाली कांग्रेस र एमालेसँग परामर्श गरेका छन् ।

आइतबार बिहान दाहालले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग परामर्श गरेका हुन् ।

प्रधानमन्त्री दाहालले ओलीलाई प्रतिनिधिसभाको अबरोध हटाउन अनुरोध गरेका छन् । तर, ओलीले दाहालको कुराको कुनै सुनुवाइ गरेका छैनन् ।

ओलीसँग कांग्रेसका सभापति देउवाले पनि संसदको गतिरोध अन्त्य गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहाल र सभापति देउवाले अध्यक्ष ओलीसँग संसदमा प्रधानमन्त्रीलाई बोल्न दिएर स्पष्टीकरणको अवसर दिन आग्रह गरेका छन् । ओलीले सो विषयमा स्पष्ट जवाफ दिएका छैनन् ।

सुनुवाइ र स्पष्टीकरणको अवसर नै नदिएर एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेर प्रतिनिधिसभाको बैठक अबरोध गरिरहेको छ ।

एमालेले सधैँ संसद अबरोध गरेर हैरान बनाउँदै आएको छ । एमालेले राष्ट्रिय सभाको बैठक पनि अबरोध गरिरहेको छ ।

प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष एमालेका सांसदहरू छन् । उनीहरूले संसदको बैठक चलाउन सरकारलाई असहयोग गरिरहेका छन् ।

देउवा र दाहालको प्रस्तावले ओलीको मुडअफ भएको चर्चा छ । ओली के निर्णय लिने हुन् स्पष्ट भनेका छैनन् । दाहाल र देउवाको प्रस्तावका बारेमा पार्टीभित्र छलफल गर्ने ओलीको तयारी छ ।

Published : Sunday, 2023 July 9, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया