संसद बंक गर्ने घिमिरे र एमालेका सांसदहरूको दानपानी बन्द गर्न माग, बालकोटलाई कसले फसायो ?

काठमाडौं । सभामुख देवराज घिमिरेले एमालेको ईसारामा प्रतिनिधि सभालाई बन्धक बनाएको आरोप लागेको छ ।

एमालेले प्रतिनिधि सभाको बैठकलाई स–साना विषयमा पनि अबरोध गरिरहेको छ । एमालेले समय माग गर्ने वित्तिकै घिमिरेले समय दिन्छन् । प्रमुख प्रतिपक्ष दल भएका कारण एमालेले समय पाउनु स्वभाविक छ ।

तर, सभामुख घिमिरेले एमालेका सांसदले संसद अबरोध भन्नेवित्तिकै कुनै कुरामा ध्यान नदिएर अबरोध गरेर घरतिर हिँड्ने गरेका छन् ।

एमालेबाट प्रतिनिधि सभाका सांसद समेत रहेका घिमिरेले सभामुखको पदमा बसेर निष्पक्ष रुपमा काम गर्न सकिरहेका छैनन् ।

एमालेलाई धेरै काखी च्यापेका कारण घिमिरे विवादमा आएका छन् । एमालेले संसद अबरोध गरेको छभने सभामुख घिमिरेले दिनमा ३/४ पटकसम्म संसदको बैठक राख्नुपर्छ । एमालेले नारावाजी गर्छ भने पनि गर्न दिनुपर्छ । संसदको बैठकमा एमालेलाई कम्तिमा पनि २/३ घण्टासम्म नारावाजी गर्न दिनुपर्छ ।

विगतमा सभामुखहरूले एमालेलाई दुई घण्टासम्म रोष्टमको अगाडि नारावाजी गराएका थुप्रै उदाहरण छन् । अहिलेका सभामुख घिमिरेले एमालेका सांसदहरूलाई दु:ख नहोस् भनेर अबरोध हुनेवित्तिकै संसद बंक गरेर हिँड्ने गरेका छन् ।

संसद अबरोध अर्थात बंक भएको दिनेको तलब र भत्ता पनि एमालेका सांसदहरूले लिने गरेका छन् । संसद अबरोध गरेको दिनको तलब र भत्ता लिदैनौँ भनेर एमालेका सांसदहरूले भनेका छैनन् ।

संसद बंक गर्ने सभामुख घिमिरे र एमालेका सांसदहरूलाई तलब र भत्ता खाने नैतिकता छैन । तर, उनीहरूले तलब र भत्ता खाने गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर एमालेले संसद अबरोध गरिरहेको छ । एमालेले प्रधानमन्त्री दाहाललाई सफाइको मौका नै नदिएर राजीनामा माग गरेर अराजनीतिक कार्य गरेको छ । संसदीय पद्धतिमा एमाले आफै फसेको छ ।

बिगतमा एमालेले निरन्तर दुई महिनासम्म संसद अबरोध गरेको इतिहाँस छ । यस पटक पनि एमालेले त्यो रेकर्डलाई भत्काउने प्रयास गर्ने संकेत गरेको छ ।

एमालेले स–साना कुरामा पनि संसद अबरोध गरेर हैरान बनाएको छ । एमाले र संसद अबरोध गर्ने कुरा समानान्तर कुरा भएका छन् ।

प्रधानमन्त्रीको राजीनामा माग गर्ने क्रममा एमालेले प्रधानमन्त्री दाहाललाई विभिन्न विकल्प पनि दिनुपर्ने थियो । त्यो विकल्प नदिएर एमालेले संसद अबरोध गर्ने कार्य गरेको छ ।

बालकोटमा बसेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई कसले गलत सल्लाह दियो भनेर एमालेभित्र खोजी शुरु भएको छ । यस्तै गलत सल्लाहका कारण ओली र एमाले दिन प्रतिदिन अलोकप्रिय बन्दै गएको छ ।

Published : Saturday, 2023 July 8, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया