चीनले नेपालका ठूला मान्छेहरू ‘डाम्ने’ काम छाडेन, मिटर व्याजमा ऋण भिडाउन खोज्दै चीन

काठमाडौं । उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका माओवादी केन्द्र र एमालेका नेताहरूले चीनको भ्रमण गरेर आएको केही दिनभित्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।

शनिबार बिहान डा.श्रेष्ठ ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन चीन प्रस्थान गरेका हुन् । फोरमको कार्यक्रम बेइजिङमा हुन लागेको छ ।

फोरममा विभिन्न २० देशका मन्त्रिस्तरीय प्रतिनिधिहरू सहभागी हुँदैछन् । नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्वोधन गर्ने कार्यक्रम छ ।

विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) जस्ता संस्थाहरूको समेत सहभागिता हुनेछ ।

फोरममा सहभागिता मुलुक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम छ ।

आइतबार बेइजिङ फ्रेण्डसीप होटलमा चिनियाँ विकास (सीआईडीसीए) उपमन्त्री डेफ् वोइङ र उपाध्यक्षबीच भेटघाट हुनेछ । सोमबार उपाध्यक्ष डा.श्रेष्ठले फोरमको औपचारिक समारोहमा सहभागी हुनेछन् ।

मंगलबार भने उपाध्यक्ष श्रेष्ठ र चिनियाँ उप–राष्ट्रपति हान चेफ्सँग औपचारिक भेटघाटको हुने छ । सोही दिन राति उपाध्यक्ष श्रेष्ठ स्वदेश फर्कनेछन् ।

केही अगाडि माओवादीका नेता अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० जना माओवादी नेताहरू चीन गएका थिए । त्यसपछि एमालेका नेता तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहितका नेताहरू चीन गएका थिए ।

तिमिल्सिना चिनियाँ नेताहरूसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । त्यही बेला नेपालका लागि चिनियाँ राजदूत छेन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाको हिस्सा भएको विवादित बयान दिएका थिए ।

चीनले बीआरआईको ऋण नेपाललाई भिडाउन खोजी रहेको छ । नेपालले त्यो ऋण लिन अस्वीकार गरिरहेको छ । बीआरआई चीनको निजी स्वार्थको योजना हो । त्यो योजनाबाट नेपाललाई कुनै फाइदा हुँदैन ।

प्रतिनिधि सभाकी उप–सभामुख तथा राष्ट्रिय स्वतन्त्र पाटर्टीकी सांसद ईन्दिरा राना पनि चीन भ्रमणमा छिन् ।

चीनले नेपालका राजनीतिक दलका नेता र उच्च कर्मचारीहरूलाई पालैपालो आफ्नै खर्चमा बोलाएर डाम्ने काम गरिरहेको छ । नेपालको आन्तरिक राजनीतिमा चीनले निकै हस्तक्षेप गरिरहेको छ ।

चीनबाट पनि चिनियाँ नेता र उच्च अधिकारीहरूले नेपालको निकै बाक्लो भ्रमणहरू गरिरहेका छन् । नेपालका अधिकांश ठूला योजनाहरू होल्ड गरेर चीनले निकै दु:ख दिइरहेको छ ।

Published : Saturday, 2023 July 8, 1:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया