देउखुरीमा गुण्डा नाइके चक्रे मिलन निकटको समूह फुट्यो, कम्युनिस्ट-सीडीओ-एसपीले भ्याए कमिशन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले दाङ जिल्लाका भ्रष्टाचार र भ्रष्टाचारीहरूको नाम सार्वजनिक गरेका छन् ।

अध्यक्ष शाही पार्टनर रहेको प्रगन्ना कुलो सफाइको काममा घुस खुवाउनु परेको पीडा पोखेका छन् । दाङको राप्ती गाउँपापलिकाअन्तगर्तको प्रगन्ना कुलोको सरसफाइको काम ठेक्का शाहीका साथै ज्ञानु केसी, बसन्त कुँवर र पवन जिसीको समूहले लिएको थियो ।

ठेक्का लिनेमध्येका ज्ञानु केसी एमाले समर्थक गुण्डा नाइके चक्रे मिलन निकटका हुन् । ज्ञानु केसीलाई मिलन चक्रेले संरक्षण गर्दै आएका छन् । ज्ञानु केसी माओवादी निकटका हुन् ।

ठेक्काका क्रममा घुस खुवाउनु परेको पीडा अध्यक्ष शाहीले पोखेका छन् । क–कसले कति रकम बुझेर भ्रष्टाचार गरेका हुन् त्यसको मूल्यसहित सामाजिक सञ्जालमार्फत नाम सार्वजनिक गरेका छन् ।

शाहीले आरोप लगाएका भ्रष्टाचारीहरूमा राजनीतिक दलका नेता, घुमुवा, राप्ती गाउँपालिका, गढुवा गाउँपालिका, वडाध्यक्षहरू, पत्रकार, दाङका सीडीओ, प्रहरी, दाङका एसपी लगायतको नाम रहेको छ ।

शाहीका अनुसार भालुबाङ प्रहरीले १ लाख २५ हजार, टेक दाईले ७० हजार, वडा नं. १ का वडाध्यक्षले १५ हजार, राप्ती गाउँपालिकाको कार्यालयले ५ लाख ४५ हजार, गाउँपालिकामा अन्यलाई ५ हजार रकम दिएको जनाएका छन् ।

रेशम अ. (अधिकारी) १ लाख ४० हजार, गढवाको घुमुवालाई २० हजार, जिल्ला अनुसन्धानलाई ३५ हजार, पर्वतलाई ३ हजार, बाबुराम गढवाको वडाध्यक्षलाई ५९ हजार ७ सय, वडा सदस्य लाललाई ४५ हजार, सशस्त्रको एसपीलाई १ लाख, लमहीको ईन्स्पेक्टरलाई ४० हजार, बाबुरामलाई ३९ हजार ७ सय, ६९ होटेललाई ९३ हजार ९ सय ९० दिएको अध्यक्ष शाहीले जनाएका छन् ।

बी.एस.आर. होटललाई २८ हजार, जिल्ला एसपीलाई ३ लाख, सीडीओलाई १ लाख, जिल्ला रोड गाडी भाडामा ८ हजार, विदुर एमसी(पत्रकार)लाई १० हजार, खाना खर्चमा १ लाख ९८ हजार ९ सय ४०, अटो भाडा ३ हजार ५ सय २५, प्रधान खर्च ९५ हजार ५ सय (भानु, गणेश शहीद), कालीप्रसादलाई ३० हजार रकम दिएको शाहीले जनाएका छन् ।

सन्तोष गुप्तालाई २५ हजार, स्टेश्नरी मसलन्दमा ११ हजार २ सय ३०, कटाहा/अशोक चौधरीलाई १० हजार, वडा नं. २ का वडाध्यक्षलाई २५ हजार, कर्मचारीलाई १ लाख ८३ हाजर ४ सय, अर्जुनलाई २५ हजार, श्यामेशलाई ७५ हजार दिएको शाहीले जनाएका छन् ।

शाहीका अनुसार माओवादी कान्छीलाई १ लाख, रेखालाई ३५ हजार, टेलर भाडामा १ लाख ३५ हजार, पत्रकार (घनश्याम) १० हजार, राेके/धने १५ हजार, पवन दाइ ६५ हजार दिएको व्यक्ति र खर्चबारे जानकारी गराएका छन् ।

यसैबीच, ठेकदार ज्ञानु केसी, बसन्त कुँवर र पवन जिसीले विज्ञप्ति जारी गरेर शाहीको आरोपको खण्डन गरेका छन् ।

उनीहरूले शाहीले जबरजस्त धाकधम्की र गालीगलौज गरेर आफूहरूको लेखापाल किरण अधिकारीसँग जबरजस्ती विभिन्न व्यक्तिको व्यक्तिगत नाम राखेर चरित्र हत्या गर्ने मनसायले सामाजिक सञ्जालमा स्टाटस हालेको दाबी गरेका छन् ।

चार जना पार्टनरबीच विवाद भएपछि आन्तरिक कुराहरू बाहिर आएको चर्चा छ । ठेक्का लिनेहरू र कमिशन खाएर भ्रष्टाचारमा संलग्न हुनेहरू सबै एमाले, माओवादीसहितका कम्युनिस्ट हुन् ।

Published : Friday, 2023 July 7, 11:08 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया