‘अहँकारी’ प्रदीपलाई हजारौँको आँशु लाग्यो, दिनगन्ती शुरु, आलेको भरपर्दा डेञ्जर जोनमा भीआईपी पद

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणका ‘अटेरी’ महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन् ।

महानिर्देशक अधिकारीले पहिलो स्पष्टीकरणको जवाफ नदिएपछि ३ दिनको समय दिएर मन्त्री किराँतीले दोस्रो स्पष्टीकरण सोधेका हुन् ।

पहिलो स्पष्टीकरणको जवाफ अधिकारीले नदिएपछि ‘के कति कारणले जवाफ नदिएको हो’ भन्ने बेहोराको दोस्रो स्पष्टीकरणमा उल्लेख छ ।

बुधबारको मन्त्रिस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको छ । असार ११ गते ९ बुँदे प्रश्न सोधिएको थियो । ७ दिनको समय राखि सोधिएको प्रश्नको जवाफ महानिर्देशक अधिकारीले दिएका थिएनन् ।

अब तीन दिनभित्र पनि जवाफ नआएमा कानून अनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्टीकरण पत्रमा उल्लेख छ । महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किराँतीले स्पष्टीकरण सोधेका थिए ।

आफू प्राधिकरणको कर्मचारी भएकाले हवाई क्षेत्रको सुधार एवम् सुरक्षामा प्रतिबद्ध रहेको जनाउँदै उनले आफूमाथि कारबाही भए भोग्न तयार रहेको बताएका थिए ।

जवाफ नदिएपछि रुष्ट बनेका मन्त्री किराँती अधिकारीमाथि कारबाही अघि बढाउने योजनामा छन् । ३ दिने स्पष्टीकरणको पनि जवाफ नदिए २४ घण्टे स्पष्टीकरण सोधेर अधिकारीलाई बर्खास्त गर्ने मन्त्रीको तयारी छ ।

‘यस मन्त्रालयको प.सं. २०७९/८० च.नं. १२३२ मिति २०८०/०३/११ को पत्रबाट तपाईबाट सम्पादित कार्यसँग सम्बन्धित विभिन्न ९ (नौ) बुँदाका विषयमा ७ (सात) दिनभित्र स्पष्ट जवाफ सहितको विवरण पेस गर्न नेपाल सरकार (माननीय मन्त्रिस्तरीय) निर्णयबाट लेखी पठाइएकोमा निर्धारित समय सीमाभित्र तपाईबाट स्पष्ट जवाफ सहितको विवरण पेस हुन नआएकोले के कति कारणले समयमा नै स्पष्ट जवाफ सहितको विवरण पेस नगर्नु भएको हो ? उल्लिखित पत्रमा समावेश भएका विषयमा ३ (तीन) दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी पुन: स्पष्ट जवाफ सहितको विवरण उपलब्ध गराउन पुन: लेखी पठाउने अन्यथा कानूनबमोजिम हुने भनी नेपाल सरकार (माननीय मन्त्रिस्तरीय) मिति २०८०/०३/२० को निर्णयबमोजिम अनुरोध छ’, दोस्रो स्पष्टीकरणमा सोधिएको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग आर्थिक चलखेल गरेर आफूभन्दा सिनियर कर्मचारीहरूलाई पन्छाएर महानिर्देशक पद कुम्ल्याएको आरोप छ ।

महानिर्देशक अधिकारीलाई बचाउन आलेले निकै ठूलो प्रयास र हर्कतहरू गरिरहेका छन् । मन्त्री किराँतीविरुद्ध मिडियाबाजी गर्नेदेखि नभएका समाचार लेखाएर पूर्वमन्त्री आले र महानिर्देशक अधिकारीले बबण्डर गर्न खोजेका छन् ।

Published : Thursday, 2023 July 6, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया