के…रे…! के…रे…! प्रधानमन्त्री भारतले बनाएको रे ! त्यसो भए यो हस्ताक्षर कसले गरेको ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर एमालेले नौटंकी देखाएको छ ।
प्रधानमन्त्री दाहालका सामान्य कुरा र अभिव्यक्तिलाई एमालेले राजनीतिक विषय बनाएको छ । एमालेले धमिलो पानमा माछामार्न खोजेको छ । एमालेसँगै रास्वपा र राप्रपाले पनि हर्कत देखाइरहेका छन् । उनीहरू तीन दल मिलेर प्रधानमन्त्री दाहालको राजीनामा माग गरेर संसद अबरोध गरेका छन् । उनीहरूले प्रधानमन्त्री दाहाललाई संसदमा सफाइ दिने मौका पनि दिएका छैनन् । बोल्न पनि दिएका छैनन् । राजनीतिमा सफाइको मौका पाइन्छ ।
एमाले, रास्वपा र राप्रपालाई सरकारबाट बाहिरिनु परेको पीडा निकै भएको छ । त्यो पीडा अहिले आएर देखाइरहेका छन् । उनीहरूले दाहालको अभिव्यक्तिलाई लिएर सरकार ढाल्ने असफल अस्त्र बनाएका छन् ।
सार्वजनिक रुपमा बालेका कुरालाई जसले जुन ढंगले ब्याख्या गरेपनि हुन्छ । ‘कुरा र कुलो’लाई मान्छेले जता लग्यो त्यतै जान्छ ।
प्रधानमन्त्री दाहाललाई हटाउन एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले निकै ठूलो प्रयास र चलखेल गरेका छन् । ओली कुनै पनि कुरामा सफल हुन सकेका छैनन् । अहिले आएर दाहालले बोलेको कुरालाई लिएर राजीनामा माग गरिरहेका छन् ।
दाहाललाई भारतले प्रधानमन्त्री बनाएको अर्थ लगाएर ओलीले राजीनामा माग गरेर संसद अबरोध गरेका छन् । यदि भारतले नै दाहाललाई प्रधानमन्त्री बनाएको हो भने त्यसको सूत्रधार ओलीका साथै रवि लामिछाने र राजेन्द्र लिङ्देनहरू नै हुन् । किन भने २०७९ सालको पुस १० गते बुधबारका दिन ३ स्वतन्त्र सांसदसहित ७ दलले दाहाललाई प्रधानमन्त्री बनाउन लिखित सहमतिको पत्रसहित राष्ट्रपतिलाई पत्र बुझाएका छन् ।
ओलीसहितका दल र स्वतन्त्र सांसदले दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गर्ने, अनि अहिले आएर भारतले प्रधानमन्त्री बनाएको भनेर राजीनामा माग गर्ने ओलीको हर्कत राजनीतिक होइन । ओली, लामिछाने र लिङ्दनेहरूले पहिला आफूलाई सुधार गर्नुपर्छ । राजनीतिक संस्कार देखाउनुपर्छ ।
दाहाललाई प्रधानमन्त्री बनाउन एमालेका अध्यक्ष ओलीका साथै राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके), नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा.अमरेशकुमार सिंहले हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री बनाउन आफैले हस्ताक्षर गर्ने, सत्ताबाट बाहिरिनेवित्तिकै भारतले प्रधानमन्त्री बनाएको भनेर दाहालको राजीनामा माग गर्ने ! यो त हद भयो ।
आफ्नो स्वार्थ रहँदासम्म सबै आफूले गरेको भन्ने स्वार्थ पूरा नभएपछि भारतले बनाएको वा भारतलाई जोडेर कथित राष्ट्रवादी कुरा गर्ने ओली, लामिछाने र लिङ्दनेहरूको चर्तिकला उचित होइन । हरेक कुरामा भारतलाई जोडेर नेपाल र भारतको सम्बन्धमा खेलेर अवसर लिन खोज्ने अवसरवादीलाई समयमा चिन्नुपर्छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया