दर्शकले गृहमन्त्री श्रेष्ठको भाषण मन पराएनन्, बीचमा बन्दै गराइदिए
काठमाडौं । विद्यार्थीले होहल्ला गरेर उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भाषण सुन्न अस्वीकार गरेका छन् ।
बुधबार चितवनको एभरेष्ट क्लबद्वारा आयोजित छैठौं संस्करणको चितवन च्याम्पियसनसिपको फाइनल खेलको उद्घाटनका क्रममा सम्बोधन गर्ने बेला श्रेष्ठले लामो भाषण गरेपछि विद्यार्थीले ‘भयो–भयो’ भनेर विरोध गरेका थिए ।
खेल हेर्न आएका विद्यार्थी र समर्थकले गृहमन्त्री श्रेष्ठलाई बीचमा भाषण बन्द गर्न दवाव दिएका थिए । विरोध भएपछि रिसाएका गृहमन्त्री श्रेष्ठले एकछिन भाषण रोकेर विरोध गर्नेहरूतिर फर्किएर ठूला ठूला आँखा देखाएका थिए । तर, विद्यार्थी र दर्शकले श्रेष्ठलाई भाषण बन्द गर्न भनेका थिए । श्रेष्ठले विरोध गर्नेहरूलाई ‘भयो’ भनेका थिए ।
गृहमन्त्री श्रेष्ठले भने, ‘अनुशासनहीनता र खेल मेल खाँदैन । अनुशासन खेल क्षेत्रको मेरुदण्ड हो, अनुशासनविना खेल क्षेत्रको उन्नयन हुन सक्दैन ।’
पछिल्लो आफू जनतामा लोकप्रिय र सफल मन्त्री हुँ भन्ने अहँकार देखाउन खोजेका बेला विद्यार्थी र दर्शकले विरोध गरेपछि गृहमन्त्री श्रेष्ठ चकित परेका छन् ।
श्रेष्ठले आफूलाई निकै सुपर र पावरफुल मन्त्रीका रुपमा लिने गरेका छन् । भ्रष्टाचारविरुद्ध आफूले कसैले नगरेको काम गरेको भनेर श्रेष्ठले जस लिने प्रयासहरू गरिरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया