बालेनले गगनलाई बलियोसँग फसाए, महामन्त्रीले मुख सम्हाल्न नसक्दा कांग्रेसको बेहाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’ले काठमाडौं महानगरपालिकाभित्र नेपाली कांग्रेसको भ्रातृ संस्थाहरूमुक्त भएको बताएका छन् ।

मंगलबार नगरप्रमुख बालेनले प्रेस नोट जारी गरेर कांग्रेसका महामन्त्री गगनकुमार थापालाई उद्धृत गर्दै काठमाडौं महानगरपालिकाभित्र विद्यालयमा राजनीतिक झोला बोकेर प्रध्यापक, कर्मचारी र विद्यार्थी प्रवेशमुक्त भएको बताए । उनले थापाको भनाइलाई कांग्रेसको आधिकारिक मानेर आफूले विद्यालयहरूमा कांग्रेसको भ्रातृ संस्थाहरूमुक्तको घोषणा गरेका हुन् ।

बालेनले भनेका छन्, ‘माननीय गगन थापाज्यू, दलको हिजोको एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भन्नुभयो । नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भनेपछि, काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भ्रातृ संगठन नभएको घोषणा गर्दछौँ । बोलेको कुरा पूरा गर्नुहोला माननीय ज्यू ।’

काठमाडौंमा आयोजित एउटा कार्यक्रममा कांग्रेसका महामन्त्री थापाले कांग्रेसको नाममा विद्यालय र कलेजमा राजनीतिक झोला बोकेर प्रध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी प्रवेश गर्न नहुने बताएका थिए । थापाले राजनीति प्रवेश गरेका कारण शिक्षा कमजोर बनेको बताएका थिए ।

Published : Tuesday, 2023 July 4, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया