कांग्रेसका जिल्ला सभापतिहरूको भेला हुने

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला असार २० गते हुने भएको छ ।

सभापतिहरूको भेला ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा हुनेछ । भेला असार २० गते दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, संगठनको कामलगायतका विषयमा जिल्ला सभापतिहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

क्रियाशील सदस्यता वितरण, नयाँ सदस्यता वितरणमा पनि छलफल हुनेछ । जिल्ला सभापतिहरूको भेला हुने जनाइए पनि कांग्रेस केन्द्रीय कार्यालयले औपचारिक रुपमा केही भनेको छैन ।

सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले निकै तल्लो तहमा पुगेर गालीचलौज र चरित्र हत्या हुने अभिव्यक्ति दिइरहेका बेला जिल्ला सभापतिहरूको भेला हुन लागेको छ ।

Published : Sunday, 2023 July 2, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया