कांग्रेसका जिल्ला सभापतिहरूको भेला हुने
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला असार २० गते हुने भएको छ ।
सभापतिहरूको भेला ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा हुनेछ । भेला असार २० गते दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, संगठनको कामलगायतका विषयमा जिल्ला सभापतिहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
क्रियाशील सदस्यता वितरण, नयाँ सदस्यता वितरणमा पनि छलफल हुनेछ । जिल्ला सभापतिहरूको भेला हुने जनाइए पनि कांग्रेस केन्द्रीय कार्यालयले औपचारिक रुपमा केही भनेको छैन ।
सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले निकै तल्लो तहमा पुगेर गालीचलौज र चरित्र हत्या हुने अभिव्यक्ति दिइरहेका बेला जिल्ला सभापतिहरूको भेला हुन लागेको छ ।
Published : Sunday, 2023 July 2, 7:00 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया