देउवाद्वारा सिद्धान्त, संस्कार र जनतामा केन्द्रित राजनीति गर्न तरुणहरूलाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको तीन तहको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरेर काम गर्न निर्देशन दिएका छन् ।

शनिबार आफ्नै निवास धुम्बाराहीमा नेपाल तरुण दलका नवनियुक्त केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले कांग्रेसलाई बलियो बनाउन संगठनको काम गर्न निर्देशन दिएका हुन् । उनले कांग्रेसलाई चारैतिरबाट आक्रमणको प्रयास भइरहेको भन्दै तरुणहरूले कांग्रेसलाई बचाउनु पर्ने बताएका छन् ।

सभापति देउवाले तरुणहरूलाई सिद्धान्त, संस्कार र जनतामा केन्द्रित राजनीति गर्न निर्देशन दिएका छन् । तरुण दललाई कांग्रेसले धेरै महत्व दिएको र तरुणहरूमार्फत जनताको काम गर्नुपर्ने देउवाले बताएका छन् ।

कांग्रेसमा उपलब्ध तरुण दलका नवनियुक्त केन्द्रीय सदस्यहरू सभापति देउवालाई भेट गरेर धन्यावाद दिएको तरुण दलका नवनियुक्त केन्द्रीय सदस्य सरिन घिमिरेले बताएका छन् ।

Published : Saturday, 2023 July 1, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया