ना.सु. के.सी.ले स्वास्थ्य बीमा बोर्ड हल्लाए, अति भएपछि ३ दिने स्पष्टीकरण
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले नायब सुब्बा (नासु) प्रकाशमान के.सी.लाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले बुधबार वेबसाइटमार्फत सार्वजनिक गरिएको पत्रमा के.सी.लाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । अन्यथा ना.सु. के.सी.लाई कानून बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ ।
ना.सु. के.सी.लाई बोर्डले जेठ ८ गते पहिलो पटक स्पष्टीकरण सोधेको थियो । के.सी.ले कुनै मतलब नगरेपछि बोर्डका कार्यकारी निर्देशक डा.बसौलाले बुधबार पुन: दोस्रो स्पष्टीकरण सोधका छन् ।
एमाले समर्थक कर्मचारी संगठनमा रहेका ना.सु. के.सी.ले बोर्डमा जिम्मेवारीअनुसार काम गरेका छैनन् ।
स्पष्टीकरणको पत्रमा भनिएको छ, ‘तपाई बिना जानकारी कार्यालयमा अनुपस्थित हुने, उपस्थित भए पनि कार्यालय समय अघि र पछि मात्रै हुने, खोजेको समयमा कार्यालय बाहिरै रहने, सम्पर्कमा नआउने, फोन नउठाउने जस्ता गलत व्यबहारले कार्यालयको काममा सख्त बाधा परेको, कामकाज गर्न खटाएको कार्यालयमा हाजिर हुन नगको, तोकिएको जिम्मेवारी पूरा नगरेको, जिन्सी खाता बन्द भएको, महालेखापरीक्षकको टिमलाई खाता परीक्षण गराउन नसकिएको’, उल्लेख छ ।
‘जिन्सी सामानको अभिलेख व्यवस्थित गर्न नसकिएको, दाखिला (आम्दानी) खर्च गर्न नपाएको कारणले बिल भुक्तानी गर्न नसकिएको, कानूनत: एकै आर्थिक वर्षभित्र दुई वटा जिन्सी खाता प्रयोग गर्न नपाइने भएकोले उपस्थित भई बरबुझारथ गर्न सूचना प्रकाशन गर्दा समेत कुनै जवाफ दिने कार्य तथा स्पष्टीकरण पेश नगरेको’, पत्रमा उल्लेख छ ।
‘कार्यालयर्लाइ नियोजित रुपमा असहायेग गरेको, दराज लक गरेकोले जिन्सी सामानको आम्दानी खर्च व्यवस्थित गर्न नसकिएको, तपाई जिम्मा रहेका खर्च भएर जाने तथा नजाने जिन्सी सामानहरूप्रति हानी नोक्सानी भएको हुन सक्ने सम्भावना रहेकोले बोर्डको पत्रबाटबिना सूचना अनुपस्थित हुनुको कारण’, स्पष्टीकरणमा सोधिएको छ ।
‘निजामती सेवा ऐन २०४९ दफा ६० को (ख), (घ) दफा ६० क (ङ) बमोजिमका कार्यहरू गरेको पाइएको र दफा ६१ (च) बमोजिम आफ्नो पदको जिम्मेवारी बराबर बेवास्ता गरेको पाइएकोले दफा ६१ (च) बमोजिम विभागीय कारबाही किन नगर्ने ? नगर्नु पर्ने कारण भए ३ दिनभित्र बरबुझारथ गर्न र उपस्थित भइ लिखित स्पष्टीकरण पेश गर्न पुन: सूचना प्रकाश गरिएको छ’, बोर्डको स्पष्टीकरण पत्रमा भनिएको छ ।
ना.सु. के.सी.ले बोर्डका कार्यकारी निर्देशक डा.बसौलालाई टेरेका छैनन् । के.सी.ले फोन पनि उठाउँदैनन् । सम्पर्कमा पनि आउँदैनन् । डा.बसौला आजित भएपछि स्पष्टीकरण सोधर कारबाही प्रक्रियामा अगाडि बढेका छन् ।
ना.सु. के.सी. लामो समयदेखि बोर्डमा राजनीतिक पहुँचको भरमा बसेका छन् । बोर्डलाई छाडेर जान चाहेका छैनन् । स्पष्टीकरणका विषयमा प्रतिक्रिया लिन ना.सु. के.सी.लाई फोनमा सम्पर्क गर्दा फोन उठाएनन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया