ओली र भण्डारीका पिएहरूको नाम जलहरीमा लेख्न सुझाव, पौडेललाई पक्राउ गर्न खतिवडाको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका पिए, पिएसओ र सहयोगीहरूको नाम जललहरीमा छुटेको व्याङ्ग्य गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले सहयोगीहरूको नाम पनि जलहरीमा राख्न सुझाव दिए ।
उनले भने, ‘जलहरी प्रकरणमा दुई वटा मुचुल्क तयार पारिएको देखियो । शुरुमा १९६ किलो ८ सय २२ ग्राम, परीक्षणमा १ सय सात किलो र १३ जनको लेखेको सूचना प्राप्त भयो ।’
‘स्वर्ण अक्षरमा तर, केही ड्राइभरहरू, केही कार्यालय सहयोगीहरू, केही पिएसओहरू मन्त्री, प्रधानमन्त्रीका र मन्त्रीका पिएहरू छुटेको समाचार आएको छ’, उनले भने, ‘क–कसको लेख्नु पर्ने हो ? सञ्चारमन्त्रीले हो कि पर्यटन मन्त्रीले लेख्ने व्यवस्था मिलाइयोस् ।’
कांग्रेसका सांसद खतिवडाले भने, ‘सबैको नाम नछुटोस् । लेख्ने कति थिए ? कति परे ? कति परेनन् । त्यो जवाफ सरकारले देओस् । स्वर्ण अक्षरले नाम लेख्ने परम्परा विकास होस् धन्यावाद ।’
कांग्रेसका सांसद खतिवडाले ललितानिवास जग्गा प्रकरणका दोषी आठ आना जग्गा लिएर फिर्ता गरेका एमालेका नेता विष्णु पौडेललाई पनि पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।
उनले भने, ‘ललितनिवास प्रकरणमा साना माछाहरू ढोक्सामा पर्न लागेको सुनियो ।’
‘ठूला चार आना, आठ आना, १६ आना, ३२ आनाका ठूला माछा पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस्’, खतिवडाले भने, ‘साना माछा भुरालाई जालमा ठूलालाई नछोड्ने काम नगरोस् ।’
एमालेका नेता तथा तत्कालीन अर्थमन्त्री पौडेलले आफ्नो छोराको नाममा बालुवाटारस्थित ललितानिवासको आठ आना जग्गा राखेका थिए ।
विवाद र फस्ने डरले पौडेलले आठ आना जग्गा फिर्ता गरेका थिए । जग्गा फिर्ता गरेकै कारण पौडेललाई कारबाही गरिएको छैन ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया