प्रदीपलाई स्पष्टीकरण सोधेपछि प्राधिकरणका कर्मचारी खुसी, आलेको उक्साहटमा जवाफ नदिने धम्की
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेपछि प्राधिकरणका कर्मचारीहरूले खुसी मनाएका छन् ।
मंगलबार बबरमहलस्थित प्राधिकरणको कार्यालयमा कर्मचारीहरूले खुसी साटासाट गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राधिकरणका महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेपछि मंगलबार दिनभरि प्राधिकरणको मुख्यालयमा खुसीयाली छाएको हो ।
कर्मचारीहरूले एक आपसमा खुसी साटासाट गरेका छन् । मोटो रकम बुझाएर प्राधिकरण छिरेको आरोप लाग्दै आएका अधिकारीले कर्मचारीहरूलाई निकै दमनमा राखेका थिए ।
महानिर्देशक अधिकारीले आफू निकटका केही अनलाइनहरूमा मन्त्रीले फेसबुकबाट सोधेको स्पष्टीकरण दिन आवश्यक छैन भनेर पैसा तिरेर समाचार लेखाएका छन् । तर, भित्रभित्रै डराएर अधिकारीको सातोपुत्लो उडेको छ ।
मन्त्री किराँतीले उठाएको कदमको प्राधिकरणका कर्मचारीहरूले अधिकारीको निरंकुश व्यवहारका कारण खुलेर स्वागत गर्न सकेका छैनन् ।
मन्त्री किराँतीले महानिर्देशक पदबाट हटाएमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश ल्याएर पदमा बसिरहने सोँच बनाएका छन् । अधिकारीले मंगलबार आफू निकटका व्यक्ति र कानून व्यवसायीहरूसँग स्पष्टीकरणका विषयमा सरसल्लाह गरेका छन् ।
महानिर्देशक अधिकारीले पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग पनि सम्पर्क गरेको बुझिएको छ ।तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीलाई हटाउन लगाएर अधिकारीले महानिर्देशक पद हत्याएका थिए । क्षेत्रीले सर्वोच्च अदालतबाट अन्तरिम आदेश ल्याएका थिए । तर, अधिकारीले गुण्डाहरू परिचालन गरेर प्राधिकरणमा हाजिर हुन दिएका थिएनन् ।
मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई प्रक्रिया पुर्याएर हटाएमा यस पटक प्राधिकरणका कर्मचारीहरूले अधिकारीलाई कार्यालय छिर्न दिने छैनन् । विगतमा अधिकारीले कर्मचारी युनियनका नेताहरूलाई पैसाले किनेर प्राधिकरणभित्र छिर्न पाएका थिए । अहिले तिनै कर्मचारी संगठनका नेताहरू अधिकारीविरुद्ध लागेका छन् ।
प्राधिकरणका कर्मचारीहरूले अधिकारीको सम्पत्ति छानविनको माग गरिरहेका छन् । उनीहरूले अधिकारी पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख भएका बेला अकुत कमाइ गरेको आरोप लगाएका छन् । यो विषयमा अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । अख्तियारलाई अधिकारीले कसरी मिलाएका छन् अनुसन्धान अगाडि नै बढेको छैन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया