बालेनसँग पङ्गा लिँदा प्रदीप अधिकारी डाउन
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’सँग तत्काल स्पष्टीकरण नसोध्न नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा आदेश जारी गरेको छ ।
महानगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि बालेनले दायर गरेको रिटमा न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले स्पष्टीकरण नसोध्न आदेश जारी गरेको छ ।
सिनामंगलस्थित विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गत शुक्रबार मेयर शाहलाई सात दिने लिखित स्पष्टीकरण सोधेका थिए ।
काठमाडौं महानगरले नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सापास नभएको भन्दै फेन्सिङ तार काटेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया