कानून मन्त्री सवार गाडी दुर्घटना, पत्नीसहित ५ जना घाइते

काठमाडौं । सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ ।

मंगलबार मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदास्यु गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताएका छन् ।

गाडीमा सवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, पीएसओ दीपक भण्डारी, चालक धर्मराज जोशी र जयदेवी सिंह घाइते भएका छन् ।

उनीहरूको उद्दार गरेर उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको भण्डारीले बताएका छन् ।

Published : Tuesday, 2023 June 20, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया