धेरै उम्लिएका गगनलाई चकचक नगरेर औकातमा बस्न कार्यवाहक सभापतिको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ट्रेड युनियन कांग्रेसको महाधिवेशनमा उप–प्रधान तथा रक्षामन्त्री समेत रहेका खड्काले कसैप्रति औला ठड्याएर कांग्रेसमा रुपान्तरण र परिवर्तन सम्भव नरहेको बताए ।
महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै कार्यवाहक सभापति खड्काले जथाभावी नबोल्न पदाधिकारीहरूलाई चेतावनी दिएका छन् । थापाले सभापति शेरबहादुर देउवाको राजीनामा माग्नेसम्मको तुच्छ हर्कत गरेका छन् । देउवाविरुद्ध जथाभावी बोल्दै आएका महामन्त्री थापाका विषयमा कुनै पनि नेताले टिकाटिप्पणी गर्न डराइरहेका बेला खड्काले थापालाई औकातमा बस्न चेतावनी दिएका छन् ।
खड्काले थापालाई भनेका छन्, ‘कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव छैन ।’
‘मेरा कमजोरी र गल्तीहरूलाई सच्याएर, स्वीकारेर म रुपान्तरणका लागि तयार हुने की नहुने ?’, खड्काले प्रश्न गर्दै भने, ‘सधैं औंला ठड्याएर होइन, आफूलाई औंला ठड्याएर, यो सुधार परिमार्जन, पुन: निर्माण, रुपान्तरण बदल्ने सबै कुरालाई आफूलाई पहिला सबैकुरालाई प्रकट गर्छु भन्ने इमानको संकल्प, निष्ठाको संकल्पसहित समर्पित गर्ने बेला आएको छ ।’
कार्यवाहक सभापति खड्काले आफ्ना कमजोरी र गल्तीहरू सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव भएको बताएका छन् ।
पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरूको रहेको खड्काले बताएका छन् ।
‘व्यवहारत: जीवनशैलीमा निर्णय शैलीमा, काम गर्ने शैलीमा’, उनले भने, ‘सबै शैलीमा म रुपान्तरण हुन तयार हुने हो, सच्याएर रुपान्तरण हुन तयार हुने भएपछि मात्रै चाहे मुलुकको होस् रुपान्तरणको प्रक्रिया शुरु हुन्छ, चाहे पार्टीको होस्, रुपान्तरणको प्रक्रिया सुरू हुन्छ ।’
खड्काले पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तीव्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने बताएका छन् ।
पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको कार्यवाहक सभापति खड्काले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया