सरकार ढल्ने हल्ला चलेका बेला बालकोटमा ओलीको अस्वभाविक चलखेल
काठमाडौं । एमाले अध्यक्ष खड्गप्रसाद ओलीसँग नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीले भेटवार्ता गरेका छन् ।
सोमबार बिहान बालकोटमा पुगेर चौधरीले ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको छ ।
एमालेका अध्यक्ष ओलीले पूर्वसांसद चौधरीलाई एमालेसँग सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको बुझिएको छ । पूर्वसांसद चौधरीले अहिले नै एमालेसँग सहकार्य वा गठन्धन गरेर जान नसकिने जवाफ दिएको एक नेताले बताएका छन् ।
पूर्वसांसद चौधरीलाई आममाफी दिने सरकारको निर्णयको एमालेले विरोध गरेको थियो । एमालेका नेताहरूले चौधरी र सरकारको निकै आलोचना गरेका थिए ।
सरकार ढल्ने चर्चा चलिरहेका बेला नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद चौधरीलाई बोलकोटमा बोलाएर एमालेका अध्यक्ष ओलीले राजनीतिक परामर्श गरेका छन् ।
यसअघि पूर्वसांसद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया