घोराहीमा बोक्सी भनेर झण्डै ज्यान लिइयो, सरस्वती र यामबहादुर पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले बोक्सीको आरोपमा उत्पात मच्चाउने कथित झाँक्री ४५ वर्षीय यमबहादुर सार्की र ३३ वर्षीया सरस्वती गुरुङलाई पक्राउ गरेको छ ।
आइतबार दाङ प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सार्की र गुरुङले घोराही उप–महानगरपालिका वडा नं. ३ गैरीगाउँ, संगम टोलमा दुई महिलालाई बोक्सीको आरोप लगाएर अपमान गरेका थिए ।
जेठ ३१ गते सरस्वतीले आफ्ना छोरा–छोरी बिरामी भएको भनीधामी कथित झाँक्री यमबहादुर सार्कीलाई बोलाएकी थिइन् । झाँक्री घोराही उप–महानगरपालिका वडा नं. २ निमुरिया बस्ने व्यक्ति हुन् ।
सार्कीलाई बोलाई झाँक्री बसालेर सरस्वती गुरुङले आफ्नै सासु र देउरानीलाई बोक्सीको आरोप लगाएकी थिइन् । सरस्वती र झाँक्रीले गाउँघरका मानिसहरूको रोहवरमा बोक्सीको आरोप लगाएका थिए ।उपस्थित मानिसहरूले त्यत्तिकै बोक्सीको आरोप लगाउन पाइन्छ ? प्रश्न गरेको प्रहरीले जनाएको छ ।
सरस्वती गुरुङले ‘मेरो कान्छी देउरानी र सासुको नाम लिई मेरो छोरोलाई बोक्सी लागेर खान लागेछन्’ भनेर आरोप लगाएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
धामीझाँक्री बस्ने निहुँमा ‘म तथा मेरो देउरानी’को मान प्रतिष्ठामा आँच आउने गरी सामाजिक रूपमा बहिष्कार गराउने उदेश्यले बोक्सीको आरोप लगाएको भनेर प्रहरीमा उजुरी परेपछि कथित झाँक्री यमबहादुर सार्की र सरस्वती गुरुङलाई पक्राउ गरिएको छ ।
आरोपित दुबै जनालाई प्रहरीले जेठ ३१ गते बिहान २ बजे बोक्सीको आरोप लगाएको प्रमाणसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनाबिरुद्व बोक्सीको आरोप कसूर र सजाय ऐन २०७२ को दफा ३ को (च)अन्तर्गत धामीझाँक्रीको माध्यमद्वारा बोक्सीको आरोप लगाउन नहुने सम्बन्धी कसूरमा दाङ जिल्ला अदालतबाट दिन ५ को म्याद लिइ आवश्यक अनुसन्धान भइरहको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया