एमालेले सदनमा फेरि बबण्डर मच्चायो, सभामुखले सरकारलाई साथ दिएनन्
काठमाडौं । एमालेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल अबरुद्ध बनाएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका सचेतक महेश बर्तौलाले मन्त्रालयको विनियोजन विधेयकको कितामा कोशी प्रदेशको नाम १ नम्बर प्रदेश भनेर राखिएको भन्दै आपत्ति जनाए । उनले संविधानले नचिनेको १ नं. प्रदेशको नाम उल्लेख गरेको भन्दै सदनमा सो विषयमा छलफल हुन नसक्ने जनाए ।
सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई कोशी प्रदेशको नाम १ नं. प्रदेश भनेर विनियोजन विधेयकमा राखिएको विषयमा स्पष्ट पार्न समय दिएका थिए । मन्त्री किराँतीले कोशी प्रदेशको नाम उल्लेख हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएर ल्याउने प्रतिबद्धता जनाएका थिए ।
तर, एमालेका सचेतक बर्तौलाले हावाको घरमा विनियोजन विधेयकमा छलफल हुन नसक्ने भन्दै किताब सच्चिएर आएपछि मात्रै छलफल गर्न दवाव दिएका थिए ।
एमालेको दवावका सामु सभामुख घिमिरेको केही लागेन । घिमिरेले एमालेको मागअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजनमाथिको छलफल सूचीबाट हटाइदिएका छन् ।
एमालेले स–साना विषयमा पनि विवाद गरेर सदनमा हैरान बनाएको छ । एमालेका सांसदहरूले उठाउने जथाभावी विषयलाई सभामुख घिमिरेले साथ दिने गरेका छन् । घिमिरे एमालेबाट सभामुख बनेका हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया