कोशी प्रदेशमा सडक र पुलहरूमा कहाँ कति क्षति भयो ? दश दिनभित्रै बेलिब्रिज बन्ने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीपहिरोबाट प्रभावितहरूको उद्धारमा खटिएको बताएका छन् ।
कोशी प्रदेशमा शनिबार राति परेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको मन्त्री ज्वालाले बताए । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बाढीपहिरोबाट भएको जनधन र उद्धारको विषयमा सदनलाई जानकारी गराउँदै उनले कतिपय व्यक्तिहरू हराइरहेको बताए । उनले सुरक्षा निकायले उद्धार र खोजी कार्य जारी राखेको बताएका छन् ।
मन्त्री ज्वालाले भने, ‘मेची राजमार्गमा पर्ने ताप्लेजुङ जिल्ला र पाँचथर जिल्लाको केही पालिका जोड्ने हेवाखोला पुल भत्किएपछि र तमोर करिडोरको बेलिब्रिज भत्किएपछि । बाढीपहिरोले बगाएपछि ताप्लेजुङ जिल्ला पूर्णरुपमा यातायात पूर्णरुपमा बिच्छेद जस्तै भएको छ ।’
‘ताप्लेजुङमा विद्युत् सम्पर्क पनि टुटेको छ । त्यहाँका जनतालाई असाध्यै ठूलो समस्या ब्यहोर्नु परेको छ’, ज्वालाले भने, ‘पाँचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्गस्थित हेवाखोलको करीव ४६ मिटर लामो पुल बगाउँदा मेची राजमार्ग पूर्णरुपमा अबरोध भएको छ ।’
उनले भने, ‘तमोर करिडोरको फिदिम ४ र हिलिहाङ ७ जोड्ने मझिमटारस्थित करीव ४५ मिटर लामो हेवाखोला बेलिब्रिज बगेको छ । ५ सय मिटर जति अरुण करिडोर सडक संरचना भत्किएको छ । बगेको छ ।’
‘मेची राजमार्गको फाल्गुनानन्द गाउँपालिका पाङ्ग्रेभिरमा सडक अबरुद्ध भएको छ । सडक खुलाउनको निमित्त सडक विभागको तर्फबाट प्रयास शुरु भइसकेको छ’, उनले भने, ‘उपकरण र आवश्यक व्यक्तिहरू पठाइसकेका छौँ ।’
‘फालेलुङ ३ मच्छेबुङको मोटरपुल समेत बगेको छ । फिदिम–याशोक सडक, बीचमा पर्ने कम्याक ४ बनफाक भनने सडक पनि अबरुद्ध भएको छ’, मन्त्री ज्वालाले भने, ‘ताप्लेजुङ, सुमाखिम, खेवाङ, याम्फुदिन जोड्ने मोटरपुल पनि क्षतिग्रस्त भएको छ ।’
‘मेची राजमार्गको कान्छी दोभान बजार सडक अबरुद्ध भएको छ । मध्य पहाडी राजमार्गको चियाभञ्ज्याङ गणेशचोक सडक खण्डमा पर्ने फलौचा बजार २८ किलो भन्ने मेवा खोला पुल २० मिटरको पुल पनि भत्किएको छ’, उनले भनेका छन् ।
‘मदन भण्डारी राजमार्गको विभिन्न ठाउँमा सडक भत्किएको छ । अबरुद्ध भएको छ’, उनले भने, ‘यी सबै क्षतिहरूलाई प्रारम्भीक रुपमा अनुमान गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतकै सडक र पुलको क्षति करीव ५० करोड भएको अनुमान गरिएको छ ।’
‘हाल क्षति भएको पुल हेवा खोला पुल भत्किएको ठाउँमा बेलिब्रिजको निर्माणको कामलाई हामीले आजैदेखि निर्माण शुरु गरेका छौँ । दश दिनभित्रमा त्यो ठाउँमा बेलिब्रिज जोड्ने काम सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ ।’
विभिन्न स्थानमा अबरोध भएको सडक खुलाउन सडक डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्य पहाडी सडक कार्यालयका पदाधिकारीलाई मन्त्रालय र विभागबाट निर्देशन दिएको मन्त्री ज्वालाले बताएका छन् ।
उनले बेलिब्रिज नबन्दासम्म सतहबाट डाइभर्सन बनाएर भए पनि यातायात खुलाइने बताएका छन् । मनसुनका समयमा वर्षातका समयमा सडक अबरोध हुने भएकाले पूर्वतयारीका लागि तयारी अवस्थामा रहेको ज्वालाले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया