एमालेले धुनषामा कर्मचारीलाई कालोमोसो दल्यो, दोषीलाई बचाउन पूर्वमन्त्रीद्वारा प्रदर्शन
काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्तप्रसाद शर्मालाई कालोमोसो दल्ने ‘गुण्डा’लाई एमालेका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले संरक्षण गरेका छन् ।
शर्मालाई शुक्रबार एमाले समर्थक ‘गुण्डा’ मनजित कुँवरको नेतृत्वको समूहले शिक्षक सरुवाको विषयमा ४/५ जना युवाहरू लगेर कार्यालयभित्र शर्मालाई कालोमोसो दलेर अपमान गरेका थिए ।
शर्मालाई कालोमोसो दलेको थाहा पाउनसाथ पुगेको प्रहरीले कुँवर र उनको समूहलाई खोजी थालेको थियो । कालोमोसो दल्नेवित्तिकै मनजित कुँवर र उनको समूह एमालेका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाको जनकपुर बजारस्थित निवासमा पुगेर लुकेका थिए ।
प्रहरीले कुँवरलाई पक्राउ गर्न खोजेपछि अरगरियाले शुक्रबार आपत्ति जनाएका थिए । अरगरियाले कुँवरलाई आफ्नो निवासमा राखेर आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा आफै उपस्थित गराउने प्रतिबद्धता जनाएका थिए ।
तर, पूर्वमन्त्री तथा एमालेका नेता अरगरियाले शनिबार दिउँसा ७०/८० जना केटाहरूलाई लिएर धनुषा प्रहरीको मूल गेटमा प्रहरी, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नारावाजी गर्दै कालोमोसो दल्ने गुण्डा मनजित कुँवरको बचाउ गरेका छन् ।
धनुषाको औरही गाउँपालिकाको एउटा विद्यालयको शिक्षकलाई हाजिर गराएको विषयमा एमाले र नेपाली कांग्रेसबीच विवाद थियो । सोही विवादलाई एमाले समर्थक गुण्डा मनजित कुँवरको समूहले शिक्षा अधिकारी शर्मालाई कालोमोसो दलेर आक्रोश पोखेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले शिक्षा अधिकारी युक्तप्रसाद शर्मालाई कालोमोसो दल्ने व्यक्तिलाई खोज्ने क्रममा मनजित कुँवरको पहिचान खुलेर पक्राउ गर्न खोज्दा एमालेका नेता कार्यकर्ताबाट विरोध भएको बताएका छन् । उनले भने, ‘कानून हातमा लिएर कालोमोसो दल्ने अधिकार कसैलाई छैन । दोषीले सजायको भागिदार बन्नुपर्छ ।’
दुई दिन अगाडि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई एक समूहले कालोमोसो दलेको थियो । कालोमोसो दलेका विरोधमा एमालेले प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर दोषीलाई कारबाही गर्न माग गरेको थियो ।
तर, धनुषामा शिक्षा अधिकारी शर्मामाथि कालोमोसो दल्ने एमालेका कार्यकर्तालाई बचाउन एमालेकै नेता तथा पूर्वमन्त्री अरगरिया ७०/८० जना सुण्डमुण्ड लिएर प्रधानमन्त्री, गृहमन्त्री र धुनषा प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहाललाई कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
नेविसंघका सभापति पोखरेललाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो । उक्त घटनामा सहभागी भएका अन्यको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
तर, धनुषामा एमालेले अराजकता फैलाउन खोजेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कालोमोसो दल्ने र अराजक गतिविधि गर्नेविरुद्ध कडा कारबाही गर्ने नीति लिएका छन् । धनुषामा एमालेले कालोमोसो दल्नेलाई बचाउन राजनीतिक रंग दिएपछि स्थानीय सर्वसाधारण रिसाएका छन् । एमालेका कारण प्रहरी प्रशासन र सरकारी कर्मचारीहरू त्रसित बनेका छन् ।
विगतमा सांसद अपहरणको वात लागेका अरगरिया उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा थिए । निर्वाचनको बेला अरगरिया एमालेमा प्रवेश गरेका थिए । अरगरियाको राजनीतिक पृष्ठभूमि कस्तो हाे सबैलाई थाहा छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया