महिला हवल्दारसँग गुड फ्राइडे मनाउने एसएसपीलाई कारबाही, धेरै थिए यौनकाण्ड
काठमाडौं । महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको घटनामा नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल निलम्बनमा परेका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालले एसएसपी पाललाई निलम्बनका लागि बिहीबार गृह मन्त्रालयमा पत्राचार गरेको थियो । नक्सालको सिफारिसमा शुक्रबार गृह मन्त्रालयले निलम्बन गरेको छ ।
प्रधान कार्यालयको सिफारिस अनुसार गृहमन्त्रीस्तरिय निर्णयबाट उनलाई शुक्रवारै निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले एसएसपी पाललाई निलम्बन गर्ने गृहको निर्णयबारे प्रहरी प्रधान कार्यालयमा पत्र आइसकेको बताएका छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरमा प्रमुखका रुपमा कार्यरत रहँदा पालले जेठ १९ गते महिला हवल्दारलाई आफ्नो निवासमा बोलाएर दुर्व्यवहार गरेको आरोप थियो ।
महिला हवल्दारको उजुरीको आधारमा छानबिन गर्दा आरोपमा सत्यता देखिएपछि एसएसपी पाललाई निलम्बन गरिएको छ । पाललाई सोही दिन जिम्मेवारीबाट हटाइएको थियो ।
एसएसपी पालले बिदामा जान लागेकी महिला हवल्दारलाई बोलाएर गुड फ्राइडे मनाउनभन्दै आफूसँगै बस्न भनेका थिए । अन्य महिला प्रहरीले पनि पालविरुद्ध गुनासो गरेका छन् ।
एसएसपी पाल यसअघि पनि यस्ता गतिविधिमा कारबाहीमा पर्दै आएका थिए । पाल राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका थिए । उनी सधैं विवादमा पर्दै आएका एसएसपी हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका एसपी श्यामसिंह चौधरीको संयोजकत्वमा समिति गठन भएको थियो । सोही प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले पाललाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।
प्रहरी नियमावली अनुसार निलम्बित भएको ६ महिनाभित्र घटनाको किनारा लागिसक्नु पर्नेछ । प्रवक्ता कडायत ६ महिनाभित्र छानबिन गरी विभागीय कारबाही अथवा कामबाटै निष्कासन के हुने भन्नेबारे छानबिन गरिसकेपछि प्राप्त हुने प्रतिवेदनअनुसार कारबाहीका लागि सिफारिस हुने बताएका छन् ।
पाल यस अगाडि २०७१ सालमा सोलुखुम्बु जिल्लाको प्रहरी प्रमुख भएको बेलामा महिला प्रहरी र गैर प्रहरीमाथिको यौन दुर्व्यवहारको घटनाको उजुरीका आधारमा सरुवा भएका थिए । बौद्ध वृत्त प्रमुख हुँदा पनि पाल कारबाहीमा परेका प्रहरी अधिकृत हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया