बालेनले अडान लिएपछि ‘आदिपुरुष’को प्रदर्शन रोक्कियो, भुवन केसीले पनि दिए प्रतिक्रिया
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले विवादित भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शनमा रोक लगाएपछि रिलिज रोकिएको छ ।
शुक्रबार बिहान ‘आदिपुरुष’लाई काठमाडौं उपत्यकाभित्र प्रदर्शन गर्ने तय भएको थियो । सुरक्षाको कारण देखाउँदै चलचित्र संघले काठमाडौं उपत्यकाका सबै फिल्म हलहरूमा शुक्रबार बिहानको प्रदर्शन रोकेका छन् ।
क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् ।
संघले मुलुकभरिका हलहरूलाई सर्कुलर गरेर विकसित परिस्थितिको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न निर्देशन दिइएको छ । उपत्यकाबाहिर परिस्थिति हेरेर ‘आदिपुरुष’लाई चलाउन संघले निर्देशन दिएको छ ।
चलचित्र विकास बोर्डको बक्सअफिस तथ्याङ्कअनुसार बिहीबार रातिसम्म आदिपुरुषका लागि १५ लाख रुपियाँ बराबरको टिकट बिक्री भएको छ ।
चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुनेछ । आदिपुरुषको प्रदर्शनका विषयमा पनि संघले निर्णय गर्नेछ ।
नगरप्रमुख शाहले आदिपुरुष फिल्ममा समावेश जानकी भारतकी छोरी हुन् भन्ने विवादित अभिव्यक्तिलाई भारतमा समेत नसच्चाएसम्म काठमाडौं महानगरमा फिल्म प्रदर्शन हुन नदिने चेतावनी दिएका छन् ।
नगरप्रमुख शाहले तीन दिनको समय दिएर सीता माताका बारेमा विवादित शब्द हटाउन निर्देशन दिएका छन् । चलचित्र विकास बोर्डको सेन्सर बोर्डले विवादित वाक्य हटाउँदै फिल्मलाई प्रदर्शनको अनुमति दिइसकेको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोर्डले ल्याएको सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्छ भन्ने नियम लागू हुन नसक्दा पछिल्लो परिस्थिति आएको बताएका छन् ।
जानकी भारतकी छोरी हुन् भन्ने वाक्य समावेश भएपछि फिल्म ‘आदिपुरुष’लाई लिएर नेपालमा विरोध भइरहेको छ । अध्यक्ष केसीले भने, ‘बोर्डले गरेको निर्णय आत्मसात भए आज यो दिन आउने थिएन ।’ केसीले पछिल्लो परिस्थितीप्रतिको जिम्मेवारी विदेशी फिल्मको वकालत गर्नुपर्नेले लिनुपर्ने बताएका छन् ।
केसीले लेखेका छन्, ‘यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताकै प्रमुख हात छ । यस प्रकारको घटनाले भोली हल संचालकहरूमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनुपर्यो भने आखिरमा कसलाई घाटा भयो ? तसर्थ, बोर्डले गरेको निर्णय आत्मसात गरेको भए आज यो दिन आउने नै थिएन ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया