खाणलाई २ वटा मुद्दामा बयान, अरु मुद्दा जोडेर अभियोगपत्र ल्याएको खुलासा
काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाणका कानून व्यवासायीहरूले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्ने गिरोहसँग पैसा लिएको पुष्टि आधार नरहेको भन्दै आपत्ति जनाएका छन् ।
खाणको पक्षबाट जिल्ला अदालत काठमाडौंमा बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुरेन्द्रकुमार महतो, गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती र अधिवक्ता ललित बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको संलग्नता हुने आधार र प्रमाण नभेटिएको दाबी गरेका हुन् ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा खाणको बहस भएको छ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले खाणलाई संगठित अपराध र ठगी मुद्दामा मात्र बयान गराएको बताएका छन् । उनले भने, ‘दुईवटा मुद्दामा मात्रै बयान गराउने अनि, अरु मुद्दा जोडेर अभियोगपत्र ल्याउन मिल्दैन ।’
केशवप्रसाद दुलालले बालकृष्ण खाणलाई १ करोड २४ लाख ५० हजार नगद बुझाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । वरिष्ठ अधिवक्ता श्रेष्ठले सो निष्कर्ष पुष्टि गर्न चुनौती दिएका छन् ।
केशव दुलालले बयानमा खाणलाई पैसा दिएको खुलाएका छैनन् । पैसा कहाँबाट कसरी लिएको भनेर अनुसन्धानले भन्नुपर्दैन ? भनि श्रेष्ठले प्रश्न गरेका छन् । खाणलाई कसैले पोलेको अवस्था छैन । जुन मुद्दामा बयान गराएको छैन, त्यो मुद्दा अदालत आउन नसक्ने वरिष्ठ अधिवक्ता श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले खाणले पैसा लिएको पुष्टि हुने आधार नरहेको भन्दै साधारण तारेखमा रिहा गर्न माग गरेका छन् । वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले भुटानी बनेर अमेरिका जान खोज्नेहरू नै अभियुक्त भएको बताएका छन् ।
यसैबीच, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको अभियोग लागेका सबै प्रतिवादीको तर्फबाट बहस सकिएको छ ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश न्यौपानेको इजलासमा सबै १८ प्रतिवादीको तर्फबाट अधिवक्ताहरूले बहस सकेका हुन् । प्रतिवादीको तर्फबाट बहस सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका ४ जनाले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट भनिसकेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया