मिनी संसदमा रास्वपाकी सांसद सुमनाको चर्तिकला, तिघ्रा देखाएपछि बबाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रंगीविरंगी सांसदहरूका कारण देशभरि हलचल आउने गरेको छ ।
रास्वपाका सांसदहरूले आफूतिर ध्यान केन्द्रित गर्न निकै तल्लो तहसम्मका हर्कत गर्ने गरेको आरोप लाग्दै आएको छ । सांसद जस्तो व्यक्तिले आफ्नो मर्यादालाई ख्याल गर्न नसक्दा आलोचित हुनु परेका छन् ।
संसदको बैठकमा जाँदा आफ्नो पोशाकको मर्यादा ख्याल नगर्ने रास्वपाका सांसदहरूबाट जनताले कस्तो अनुशासन र मर्यादा सिक्ने हुन् प्रश्न उठेको छ । संसदीय समितिहरूलाई मिनी संसद पनि भनेर सम्बोधन गर्ने गरिन्छ । मिनी संसदको बैठकमा श्रेष्ठको अमर्यादित पोशाकले धेरैलाई असहज बनाइदिएको छ । उनी संसदमा पनि अमार्यादित पोशाक लगाएर उपस्थित हुने गरेकी छिन् ।
रास्वपाकी केन्द्रीय सदस्य समेत रहेकी सांसद सुमना श्रेष्ठलाई मिनीस्कर्ट लगाएका कारण कुर्सीमा बस्न पनि असजिलो भएको देखिएको थियो । एमालेकी सांसद विद्या भट्टराईसँगै बसेकी सांसद श्रेष्ठको तिघ्रा देखिएको छ । भट्टराई शौचालय गएका बेला छेउको कुर्सी खाली थियो । छेउमै बसेकी सांसद श्रेष्ठको घुँडाभन्दा माथिको केही भाग देखिएको तस्वीरमा देख्न सकिन्छ ।
बुधबार सिंहदरबारस्थित संसद सचिवालयमा बसेको संसदीय समितिको बैठकमा रास्वपाकी सांसद सुमना श्रेष्ठ मिनीस्कर्ट लगाएर छिरेकी छिन् ।
सांसद श्रेष्ठ प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वाथ्य समितिको बैठकमा मिनीस्कर्ट लगाएर सहभागी भएकी हुन् । श्रेष्ठलाई मिनीस्कर्टमा देखेपछि सांसदहरू र समितिका कर्मचारीहरूले आश्चर्य व्यक्त गरेका थिए । कसैले पनि रास्वपाकी सांसद श्रेष्ठविरुद्ध केही बोलेनन् । तर, सांसद र कर्मचारीहरूले कानेखुसी भने गरेका थिए ।
प्रतिनिधि सभा नियमावलीमा संसद र समितिका सदस्यहरूले बैठकमा सहभागी हुँदा मर्यादित पोशाक लगाउनुपर्ने व्यवस्था छ । रास्वपाकी सांसद श्रेष्ठले केही दिनअघि संसद बैठकमा टि–सर्ट र जिन्सको पहिरन लगाउनु अमर्यादित नहुने टिप्पणी गरेकी थिइन् । श्रेष्ठले टि–सर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएको भन्दै आफ्नो दल सही बाटोमा रहेको बताएकी थिइन् ।
रास्वपाका सभापति रवि लामिछानेकै व्यक्तिगत कुरालाई लिएर विभिन्न लाञ्छना लाग्दै आएको छ । लामिछानेकै दोस्रो विवाह हो । धेरै महिलासँग लामिछानेको नाम जोडिएको आरोप छ ।
रास्वपाकी अर्की सांसद सविता गौतमले दोस्रो पत्नी बन्न विवाह गरेको आरोप छ । रास्वपाका सांसद डा.स्वर्णिम वाग्लेकी पत्नी विदेशी नागरिक हुन् । उनी नेपालमा बस्न रुचाउँदैनिन् ।
काण्डै काण्डले भरिएको रास्वपाका सांसद र नेताहरूले गर्ने अर्यादित हर्कत र चर्तिकलालाई उनीहरूका मतदाताले सहज रुपमा लिन थालिसकेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया