पशुपतिनाथ मन्दिरको १७ रापनी जमिन होटलद्वारा कब्जा, मारवाडीले १ रोपनी खाइदिए
काठमाडौं । तारागाउँ विकास समिति रिजेन्सी होटलले पशुपति क्षेत्र विकास कोषको १७ रोपनी जग्गा निकै कम भाडामा प्रयोग गरेको खुलासा भएको छ ।
होटलले १७ रोपनी जग्गा प्रयोग गरेबापत वार्षिक १६ मुरी ८ पाथी ५ माना २ मुट्ठी धानबराबर ४९ हजार २ सय ९८ रुपियाँ दिने गरेको छ ।
मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा कोषका पदाधिकारीले १७ रोपनी भाडामा दिएबापत ४९ हजार पाउने गरेको बताउँदा समिति सदस्यहरू नै आश्चर्यमा परेका छन् ।
समिति सदस्य कुमार दसौदीले भने, ‘१७ रोपनीको १६ मुरी राखिएको रहेछ । काठमाडौंको जग्गा कति महँगो छ । यो १६ मुरीले वर्षभरि १७ रोपनी जग्गा प्रयोग गर्न पाइन्छ भनेर भनिसाध्य भएन ।’
पशुपति विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले भने, ‘बाध्यतामा छौँ । १ रुपियाँ बढायो कि तुरुन्तै जुलुस लिएर आउनुहुन्छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पशुपति विकास कोषको ११ सय ६१ रोपनी १४ आना ३ पैसा जग्गा प्रयोग गरेको छ ।
विमानस्थलले जग्गा प्रयोग गरेबापत प्रतिरोपनी १ मुरी ३ पाथीबराबर वार्षिक १ करोड रुपियाँ दिँदै आएको छ ।
मारवाडी सेवा समाजले पशुपतिको जग्गा अतिक्रमण गरेको छ । गाईवस्तुलाई घाँस खुवाउनका लागि सन् १९९७ मा मारवाडी सेवा समाजलाई १ रोपनी २ आना प्रयोग गर्न दिएकोमा हाल अस्पतालदेखि, धर्मशालालगायतका अनेक संरचना बनाएर जग्गा अतिक्रमण गरिरहेको कोषले जनाएको छ ।
जग्गा प्रयोग गरी विभिन्न संरचना निर्माण गरी भाडामा लगाएर मारवाडी सेवा समितिले मोज गरिरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया