देउवा सिङ्गापुर प्रस्थान, खड्काले पाए कार्यबाहक सभापति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उप–सभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

सभापति देउवा उपचारका लागि मंगलबार राति सिङ्गापुर प्रस्थान गरेका कारण उप–सभापति खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उप–सभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ ।’

Published : Wednesday, 2023 June 14, 10:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया