हत्यापछि फूलमायाको शवसँग बलात्कार, न्यायाधीशले सुनाए फैसला

काठमाडौं । जिल्ला अदालत बाग्लुङले ४० वर्षीया फूलमाया माझीलाई हत्यापछि बलात्कार गरेको अभियोगमा २६ वर्षीय प्रकाश अधिकारीलाई जन्मकैदको फैसला गरेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमायालाई अधिकारीले हत्यापछि बलात्कार गरेका थिए । अधिकारीले फूलमायाको गरगहना समेत लुटपाट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका तत्कालीन प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले फूलमायाको हत्यापछि बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–१ रामरेखा निवासी अधिकारीलाई पक्राउ गरेर बलियो आधार र प्रमाण संकलन गरेका थिए ।

अधिकारीले फूलमायालाई सलको पासो लगाएर हत्या गरेका थिए । हत्यापछि अधिकारीले फूलमायाको शवलाई बलात्कार गरेको पोष्टमार्टम रिपोर्टमा देखिएको थियो ।

अधिकारीले फूलमायाको हत्यापछि शवसँग बलात्कार र फूलमायाले लगाएको सुनका गरगहना लुटेका थिए ।

सोमबार जिल्ला न्यायाधीश दीवाकर भट्टको इजलाशले अधिकारीउपर जन्मकैद फैसला गरेको इजलाश अधिकृत गंगाधर सापकोटाले जानकारी दिएका छन् ।

बिक्रम संवत २०७९ असोज ३० गते बिहान घरबाट ज्यालामजदुरी गर्न निस्किएकी फूलमाया सोही साँझ बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्टीमा मृत फेला परेकी थिइन् ।

अनुसन्धानको क्रममा सीसीटीभीको भिडियोलाई आधार मानेर प्रहरीले कातिक ४ गते अधिकारीलाई पक्राउ गरेको थियो । अधिकारी मृतक फूलमायाका छिमेकी पनि हुन् ।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा अधिकारीले लुटपाटको लागि फूलमायाको हत्या गरेपनि हत्यापछि आवेगमा बलात्कार समेत गरेको स्वीकार गरेका थिए ।

प्रहरीले २०७९ कात्तिक २९ गते जिल्ला अदालत बाग्लुङमा कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

Published : Wednesday, 2023 June 14, 9:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया