कांग्रेसद्वारा नेपाल महिला संघलाई पूर्णता प्रदान, को–को भए मनोनीत ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरिदिएका छन् ।

मंगलबार जारी विज्ञप्तिअनुसार सभापति देउवाले उषा रावत मिश्रको अध्यक्षतामा नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरिदिएका हुन् । समितिको सदस्यमा विभिन्न जिल्लाका नेतृहरूलाई मनोनयन गरिएको छ ।

मनोनयन भएका सदस्यहरूमा डा. अमिता प्रधान काठमाडौं, अमृता थापा मगर मकवानपुर, उमा शिवाकोटी झापा, उर्मिला प्रधान सुनसरी, एलिजा अधिकारी चितवन,

कमला तिवारी नवलपरासी, कल्पना नेपाली नुवाकोट, किरण सरकार पर्सा, गीताकुमारी गुरुङ चितवन, गीता श्रेष्ठ सुनसरी रहेका छन् ।

त्यसैगरी, चन्द्रादेवी जोशी बझाङ, चिनु पोखरेल तनहुँ, छाया सुनार कालीकोट, छिरिङ फुटिक शेर्पा तेह्रथुम, ज्वाला पाण्डे काठमाडौं, तारा थपलिया दोलखा, दीपशिखा शर्मा ढकाल सिन्धुली, निनु कर्ण महोत्तरी, नवोदिता चौधरी सुनसरी, पवित्रा पौडेल ढकाल पाल्पा, पार्वती आचार्य बाग्लुङ, पार्वती चन्द डोटी पनि सदस्यमा मनोनयन भएका छन् ।

पुष्पा थारु रुपन्देही, प्रमिला महतो धनुषा, भगवती के.सी. बाग्लुङ, भागिरथा अधिकारी मोरङ, भावना शाही कालीकोट, भारती जोशी बाँके, मथुरा विष्ट ललितपुर, मञ्जु नेपाल सिन्धुपाल्चोक, माया के.सी. स्याङ्जा, मीना सिंह प्रजापति काठमाडौं, मीरा चन्द कञ्चनपुर, मुन्नी गुप्ता सप्तरी, रमा अर्याल रुपन्देही, राधा कार्की झापा, राधा कुँवर पर्वत, रञ्जिता गिरी काठमाडौं, रीता शाही हुम्ला, रीसा श्रेष्ठ ललितपुर, लक्ष्मी बाराकोटी प्रसाई झापा पनि सदस्यमा मनोनयन भएका छन् ।

लीलाकुमारी नेपाल काभ्रेपलाञ्चोक, वसन्ती भण्डारी डडेल्धुरा, विमला गैरे कपिलवस्तु, सनिसा भेटवाल तेह्रथुम, सरस्वती बस्नेत (सरु) कैलाली, सरिता आङ्दम्बे खोटाङ, डा. सीता घिमिरे मोरङ, सीता भुषाल अर्घाखाँची, सुष्मा तिवारी पर्सा, सुस्मिता थापा लम्जुङ, संगिता तामाङ ओखलढुंगा सदस्यमा मनोनयन भएका छन् ।

थप नामावलीहरूपछि प्रकाशित गरिने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2023 June 13, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया