बालुवाटारले बुझ्यो डिजाइन, प्रचण्ड र बाबुरामलाई जेल हाल्ने तयारी

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र विद्रोहमा बालबालिकाका सम्बन्धमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो मुद्दामा अग्रधिकार दिने आदेश दिएको छ ।

१० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध मुद्दा दर्ता भएको छ ।

तत्कालीन द्वन्द्वमा माओवादीका तर्फबाट सामेल गराइएका व्यक्तिहरूले आफूहरू बालबालिका रहँदै अन्तर्राष्ट्रिय मानवअधिकार कानूनविपरीत सैन्य गतिविधिमा लगाइएको भन्दै मुद्दा लिएर दर्ता गरेका हुन् ।

यो मुद्दामा दाहाल र भट्टराईलाई दोषी ठहर गरेर अदालतले सजाय दियो भने उनीहरू जेलमा पनि बस्नुपर्ने अवस्था आउन सक्छ । दाहाल र भट्टराईविरुद्ध पश्चिमा राष्ट्रको डलर खाएर नेपालमा गतिविधि गर्दै आएको समूहको उक्साहटमा लागेर अदालतमा मुद्दा दिएको चर्चा छ ।

Published : Tuesday, 2023 June 13, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया