सभापति देउवा उपचारको फ्लोअपका लागि सिङ्गापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर जाने भएका छन् ।

सभापति देउवा मंगलबार राति ११ बजे सिंगापुरका प्रस्थान गर्ने कार्यक्रम रहेको बुझिएको छ । सभापति देउवासँग पत्नी आरजु राण पनि सिङ्गापुर जान लागेकी छिन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवालाई पेटसम्बन्धी समस्या छ । उनले सिंगापुरमा उपचार गर्दै आइरहेका छन् ।

पेटसम्बन्धी पहिला गरेको चेकअपलाई फलोअपका लागि सिङ्गापुर जान लागेको बुझिएको छ ।

सभापति देउवा र कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणा उनीहरू करिब १ हप्ता सिङ्गापुरमा बस्नेछन् ।

Published : Tuesday, 2023 June 13, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया