देउवालाई सभापति पद टीका लगाएर तपाइले दिनुभएको होर गगन जी ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाविरुद्ध निकै तल्लो तहसम्म उत्रिएर विरोध गरिरहेका छन् ।
गठबन्धनको सरकारकामा मन्त्री पदको भाग नपाएपछि आवेगमा आएका महामन्त्री थापाले सभापति देउवाविरुद्ध आलोचनामा उत्रिएका हुन् । थापाले अहिले आएर देउवाको राजीनामा माग्न थालेका छन् ।
देउवाले अर्को पटक आफू सभापतिमा नबन्ने भन्दै पार्टी संगठनको काम गर्न निर्देशन दिइसकेका छन् ।
तर, महामन्त्री थापाले अहिले नै देउवालाई सभापति पदबाट हटाएर आफू सभापति बन्ने सपना देखिरहेका छन् । थापाले के कुरा बुझ्न जरुरी छभने देउवालाई सभापति पद कसैले टीका लगाएर दिएको होइन । बकाइदा प्रतिस्पर्धा गरेर देउवा सभापति बनेका हुन् ।
सभापति देउवाकै नेतृत्वमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । केन्द्र सरकार, प्रदेश सभा र स्थानीय तहमा कांग्रेसको बलियो उपस्थिति छ । निर्वाचनका बेला सभापति देउवा विभिन्न स्थानमा पुगेर जनतासँग मत मागेका थिए ।
महामन्त्री थापाले आफ्नो निर्वाचन क्षेत्र छाडेनन् । निर्वाचनभरि काठमाडौं क्षेत्र नं. ४ मा प्रचार गरिरहे । थापालाई विभिन्न जिल्लामा प्रचारका लागि बोलाइएको थियो । महामन्त्री थापा गएनन् । अहिले आएर सभापति देउवाले कांग्रेसलाई गरेको योगदानमा मानमर्दन हुने गरेर अभिव्यक्ति दिइरहेका छन् ।
सभापति देउवाको आलोचना गर्नै नपाइने होइन । तर, देउवाको आलोचना गर्दा तर्कसँगत हुनुपर्छ । महामन्त्री थापाले आफ्नो गतिविधि के गरिरहेका छन् ? कांग्रेसका कार्यकर्ताले हेरिरहेका छन् ।
सभापति देउवालाई गालीगलौज गरेर नेता बन्छु वा बीचमा हटाएर सभापति बन्छु भन्ने सपना महामन्त्री थापाले देख्नु गलत छ ।
मंगलबार विराटनगरमा पत्रत्रकारसँग कुरा गर्दै थापाले भनेका छन्, ‘मेरो र सभापतिज्यूको सम्बन्धको सन्दर्भमा, पार्टीभित्र म उहाँको कार्यकर्ता हो । मेरो उहँसँग कुनै व्यक्तिगत आग्रह हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि रहँदैन ।’
‘खाली आजको दिनमा नेपाली कांग्रेसको आम सदस्यको चाहना, त्योभन्दा पनि कांग्रेसको समर्थक, शुभेच्छुकको चाहना, देशको आवश्यकता, यो सबै कुरालाई हेरेर मैले उहाँलाई राख्न चाहेको विषय के हो भने नेपाली कांग्रेसका सभापतिले जे जति कुरा यो पार्टीका लागि गर्नुपर्ने हो गर्नुभयो, उहाँको ठूलो योगदान छ, हामी आभारी छौं, जीवनपर्यन्त यसलाई सम्झिन्छौं ।
‘तर योभन्दा अगाडिको यात्रा अब नेपाली कांग्रेसको नेतृत्व मैले गरिराख्नुपर्छ, मैले गरिन भने पार्टी सम्हालिन्न भन्ने सोंचाइबाट उहाँ बाहिर निस्कनुपर्छ’, थापाले भनेका छन्, ‘जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तरण गरिदिनुभयो, जो सुकै होला कसैले पार्टीले नेतृत्व गर्ने अवस्था आयो भने यो उहाँको हितमा छ, पार्टीको हितमा छ ।’
‘त्यतिमात्र होइन, यो संसदीय कार्यकालमा नेपाली कांग्रेसको नेतृत्वमा एक न एक पटक सरकार त बन्छ’, थापाले भनेका छन्, ‘प्रधानमन्त्रीका रुपमा पनि उहाँले ५ पटक काम गरिसक्नुभयो । ५ पटक प्रधानमन्त्री हुँदै गर्दा देश र जनताका लागि थुप्रै काम भएका छन् ।’
उनले भने, ‘नेपाली जनताले ती कामहरूको सम्मान गर्दै अब नेपाली कांग्रेसको तर्फबाट कोही नयाँ व्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेका छन्, जो पनि हुन सक्छ ।’
‘यसका निम्ति सभापतिजीले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने कुरा र नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री हुने कुराका लागि मार्ग प्रशस्त गरिदिनुभयो भने त्यो उहाँको हितमा पनि छ, पार्टीको हितमा पनि छ’, थापाले भने, ‘यो बीचको समयमा यो कुरा होस् भन्ने म चाहन्छु ।’
‘आफ्नो चाहनालाई व्यवहारमा अनुवाद गर्न प्रयत्न पनि गर्छु । किनकी यो प्रयत्न गर्ने कुरा आजको दिनमा म पार्टीको हितमा छभन्ने ठान्छु’, महामन्त्री थापाले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया