अन्यभन्दा पावरफुल देखिए स्वास्थ्यमन्त्री बस्नेत, अतिरिक्त २ अर्ब ११ करोड बजेट भित्र्याए
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड रुपियाँ विनियोजन भएको छ ।
बिगतमा भन्दा यस पटक स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेटमा विनियोजित भनिएको रकमभन्दा दुई अर्ब ११ करोड रुपियाँ बढी बजेट पाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको पहलमा अर्थमन्त्री डा.प्रकाशशरण महतले स्वास्थ्य मन्त्रालय २ अर्ब ११ करोड बजेट थप भएको हो ।
आर्थिक वर्षको बजेटमा सांसदहरूलाई उपलब्ध गराइएको रेडबुकको प्रतिलिपिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ ८६ अर्ब १० करोड ९१ लाख रुपियाँ छुट्याइएको उल्लेख छ ।
रेडबुकको प्रतिलिपिमा संघ, प्रदेश र स्थानीय तहसमेत गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ बजेट वक्तव्यमा भन्दा २ अर्ब ११ करोड रुपियाँ बढी बजेट राखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने कार्यक्रम र आयोजनाका लागि ४९ अर्ब ८० करोड ५४ लाख रुपियाँ, प्रदेशमा ६ अर्ब १२ करोड ७२ लाख र स्थानीय तहका लागि ३० अर्ब १७ करोड ६५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
तीन तहका सरकारलाई स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको उल्लेख थियो । उक्त रकममध्ये मन्त्रालयलाई ४९ अर्ब ८० करोड ५४ लाख, प्रदेशलाई ६ अर्ब ५ करोड ८८ लाख रुपियाँ र स्थानीय तहलार्ई २८ अर्ब १२ करोड ७६ लाख रुपियाँ छुट्याइएको छ ।
प्रदेशमा केही र स्थानीय तहमा २ अर्बभन्दा बढी रकम थप भएको देखिएको छ ।
चालु आर्थिक वर्षमा स्वास्थ्यमा १ खर्ब ३ अर्ब ९ करोड १३ लाख बजेट हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६९ अर्ब ३८ करोड २ लाख रुपियाँ पाएको थियो ।
प्रदेशले ६ अर्ब २२ करोड ६८ लाख रुपियाँ र स्थानीय तहले २७ अर्ब ४४ करोड ४३ लाख रुपियाँ पाएको थियो ।
स्वास्थ्यले चालु वर्षको तुलनामा १७ अर्ब हाराहारीमा कम बजेट पाएको छ । बजेट वक्तव्यमा भने १९ अर्ब ५७ करोड कम बजेट आएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायका लागि ४९ अर्ब ८० करोड ५४ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
सरकारले संघीय मन्त्रालय, विभाग, बीमा बोर्ड, प्रतिष्ठान, अस्पतालहरू र पूर्वाधार निर्माण र खरिदका लागि संघीय मन्त्रालय अन्तर्गतका अस्पताल र निकाय तथा कार्यक्रमका लागि उक्त बजेट छुट्याएको छ ।
विनियोजित बजेटमध्ये सबैभन्दा धेरै बजेट स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत रहेको छ ।
कार्यक्रम अन्तर्गत ८ अर्ब ७४ करोड ६४ लाख रुपियाँ रहेको छ । त्यसपछि स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपियाँ रकम विनियोजना गरिएको छभने एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रमका लागि ७ अर्ब ४७ करोड ६४ लाख रकम रहेको छ ।
केन्द्रिय अस्पताल तथा प्रतिष्ठानहरूका लागि ४ अर्ब ४७ करोड २७ लाख रुपियाँ छुट्याइएको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षका लागि ५ अर्ब ३२ करोड ९१ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
परिवार कल्याण कार्यक्रमका लागि ३ अर्ब ५२ करोड, २९ लाख रुपियाँ, नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रमका लागि २ अर्ब ५७ करोड ५ लाख, क्षयरोग नियन्त्रणका लागि १ अर्ब १५ करोड रुपियाँ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ अर्ब ८८ करोड ७२ लाख रुपियाँ छुट्याइएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया