हजारौंलाई बिचल्ली बनाएको एनआइसी एसिया बैंकका सीइओको घर भत्कियो, काठमाडौंमै कर्तुत् देखाए
काठमाडौं । ऋणिहरूलाई दु:ख दिएर हैरान बनाएको एनआइसी एसिया बैंकका कार्यकारी प्रमुख (सीइओ) रोशनकुमार न्यौपानेको सरकारी जग्गा कब्जा गरेर बनाइएको घर भत्किएको छ ।
हजारौं ग्राहक तथा कयौं ऋणीहरूलाई अनेक बहनामा सुकुम्वासी बनाएको आरोप खेप्दै आएको एनआइसी एसिया बैंकका सीईओ न्यौपानेले करीव १ रोपनी सरकारी जग्गा कब्जा गरेर घर बनाएका थिए ।
ऋणीको अर्बौं सम्पत्तिसहित इज्जतसमेत क्षणभरमै लिलाम गर्न पछि नपर्ने, किस्ता उठाउने बहानामा गुण्डागर्दी शैलीमा घरभित्रै सुरक्षागार्ड पठाउने, मारवाडी रिझाउनकै लागि मानवीय संवेदनासमेत भुलेका सीईओ न्यौपानेको घर धमाधम भत्काउन परेपछि घर र सम्पत्तिको पीडा कस्तो हुँदो रहेछ भन्ने बल्ल थाहा भएको छ ।
सरकारी जग्गा हडपेर आलिसान महल ठड्याएका बैंकका सीइओ न्यौपानेले सरकारी जग्गामा बनाएको घर भत्काएका छन् । न्यौपानेले बुढानिलकण्ठ नगरपालिका वडा नं. २ को सरकारी जग्गा हडपेर आलिशान घर र शानदार बगैंचा बनाएका थिए । सो विषयमा ‘अनलाइनपाना’ले निरन्तर समाचार सम्प्रेषण गरेको थियो ।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले मिडियाको दवावकै कारण सीइओ न्यौपानेले आइतवारबाट घर भत्काउन थालेका बताएका छन् । ‘अझ हामी थप उनको घरभित्र पर्ने लगभग ३ आना जती जग्गा छुट्टाउन लागिरहेका छौं’, वडाध्यक्ष श्रेष्ठले भने, ‘धन्यावाद तपाईहरूको समाचारले हामीलाई अतिक्रमित जग्गा फिर्ता ल्याउन सहज भयो ।’
‘हामीले उनको घर रहेको स्थान र वरपरका सार्वजनिक जग्गाको नापजाँच गरेका थियौं’, उनले भने, ‘जसमा उनको घरको आधा हिस्सा जाने देखिएपछि हामीले मालपोत कार्यालय प्रमुख देवीबहादुर भण्डारीलाई यसअघि नै जानकारी गराइसकेका थियौं ।’
प्राविधिकको सहयोगमा न्यौपानेको घर भएको स्थानको डिजिटल प्रविधिमार्फत नापजाँच गरिएको थियो । जसमा सीइओ न्यौपानेले फिल्डमा जग्गा अतिक्रमण गरेको प्रष्ट देखिएको थियो । न्यौपानेले हाल साविक गरेर नक्शामा पार्न भ्याएका थिएनन् । पद र पहुँचमा रहेका सीइओ न्यौपानेको प्रभावमा मालपोत कार्यालय र नापी कार्यालय समेत परेको थियो ।
पटक–पटक नापी र मालपोत कार्यालयहरूसँग पछिल्लो नापीको कागज माग गर्दा दिन नमिल्ने भन्दै सरकारी कर्मचारीहरूले सीइओ न्यौपानेलाई एक रोपनी सरकारी जमीन कब्जा गर्न सहयोग गरिरहेका थिए । ती कर्मचारीहरूको भ्रष्ट आचारण अहिले आएर छर्लङ्ग भएको छ । न्यौपानेलाई साथ दिने मालपोत र नापीका ती भ्रष्ट कर्मचारीहरूलाई कारबाहीको माग पनि उठेको छ ।
सीइओ न्यौपानेले बुढानिलकण्ठ नगरपालिकामा पर्ने साबिकको भंगालपञ्जिटोलमा पर्ने सरकारी कित्ता नम्वर ७१ बाट करिव १ रोपनी जग्गा कब्जा गरेको पुष्टि भएपछि घर नै भत्काउन परेपछि छिमेकीहरू खुसी भएका छन् ।
पुरानो नक्शा साबिकको चपली गाविस वडा नं. ‘ख’ अनुसार ७१ नम्वरको सरकारी जग्गा कित्ताकाट गरेर हालको कित्ता नम्वर १५ बनाएर निजीकरण गरेको प्रष्ट देखिएको छ ।
सीइओ न्यौपानेले पहिलो चरणमा थोरै मात्र सरकारी जग्गा छाडेर नयाँ कम्पाउण्ड सारेका थिए । वडा, नगरपालिका, मालपोत, नापी हुँदै दवाव भएपछि सीइओ न्यौपाने हरेस खाएर घर भत्काउन बाध्य भएका छन् ।
आइतबार न्यौपानेको घरमा धमाधम भत्काइएको छ । ३ महिनाअघि भत्काएर नयाँ बनाइएको पर्खालसहित घरको एक भाग भत्काइएको देखिएको छ । न्यौपानेले घर र पर्खाल भत्काउन हरियो पर्दाले छोपेका छन् ।
न्यौपानेले आफ्ना ससुरा भोला पनेरुको शक्तिको आडमा सरकारी एक रोपनी पर्ती जमीन अतिक्रमण गरेको आरोप छ । न्यौपानेका ससुरा पनेरु मालपोतकै वरिष्ठ कर्मचारी थिए ।
मालपोतकै कर्मचारी भएका कारण न्यौपानेलाई सरकारी जग्गा पहिल्याउन र हत्याउन सहज भएको आरोप छ । न्यौपानेको घरभित्र पर्ने ३ आना जग्गा थप छुट्टाउन सकिए करिव १९ आना सरकारी जग्गा साबिकको अवस्थामा ल्याउन सकिने बुढानिलकण्ठ नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्रेष्ठले बताएका छन् ।
लाखौं ऋणीहरूको अर्बौंको सम्पत्ति क्षणभरमै हडप्न सफल भएका एनआइसी एसिया बैंकका सीइओ न्यौपाने सरकारी सम्पत्ति कब्जा गर्ने मामिलामा भने असफल भएका छन् ।
सीइओ न्यौपानेले सबै सरकारी जमीन छाड्छन् वा केही जमीन पुन: कब्जा गरेर भत्काएको घर बनाउँछन् हेर्न बाँकी छ । न्यौपानेको जमीन काण्डका बारेमा बुढानिलकण्ठ नगरपालिकाका वडाध्यक्ष श्रेष्ठको कार्य निकै प्रशंसनीय रहेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया