व्यूरोले काठमाडौंमा गोली हानेर भगतलाई ढाल्यो

काठमाडौं । प्रहरीले चलाएको गोली लागेर काठमाडौंमा विकास भगत घाइते भएका छन् ।

आइतबार लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो । भगतलाई प्रहरीले पछ्याएर एउटा घरमा पुगेको थियो । भगतले प्रहरीलाई नै गोली प्रहार गर्न खोजेपछि कारबाहीमा प्रहरीले गोली चलाएको जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा भगतमाथि गोली चलाएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले बताएका छन् ।

प्रहरीले गोली लागेर घाइते भएका भगतलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ ।

भगतको साथबाट प्रहरीले १०० ग्राम लागुऔषध बरामद गरेको जनाएको छ । ठूलो मात्रामा लागुऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।

Published : Sunday, 2023 June 11, 2:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया